युनाइटेड इदी मर्दीको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 07:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड मिति तय भएको छ। मङ्सिर ३ गतेदेखि आइपीओ बिक्रि खुला गरेको युनाइटेड इदी मर्दीको आइपीओ मङ्सिर १४ गते  बाँडफाँड हुने सेयर निश्काशक तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

क्यापिटलको कार्यलयमा आइतबार दिउँसो ४ बजे युनाइटेड इदी मर्दीको आइपीओ बाँडफाँड हुनेछ। कम्पनीले सर्बसाधारणको निष्काशन गरेको  ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि ५ लाख ४२ हजार २ सय ६३ आवेदकबाट ९४ लाख करोड ९८ हजार ४०० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved