युनाइटेड इदी मर्दीको आईपिओ आज बाँडफाँड हुदै, ४ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:13:50 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज आइतबार दिउँसो बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले दिउँसो ४ बजे आफ्नै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । 

आईपिओमा ५ लाख ४१ हजार २ सय ६३ आवेदकले ९४ लाख ९८ हजार ४ सय कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ ।  जस अनुसार  ८१ हजार २ सय ७३ जनाले शेयर पाउने देखिन्छ।  यस हिसाबमा ४ लाख ५९ हजार ९ सय बढी आवेदक हात खाली हुने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved