घलेम्दी हाइड्रोको आइपीओ विश्लेषण: शंकाको घेरामा १० प्रतिशत लाभांश (रिपोर्ट सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 01:37:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले केसीएल अस्टुट क्यापिटलसंगको सहकार्यमा संचालनमा ल्याएको  'मार्केट वाच' अन्तर्गत कम्पनीहरुको आइपीओं एफपीओ विश्लेषण गर्ने गर्दछ । हाम्रा पाठक तथा सेयरबजारका सुचिकृत कम्पनीहरुमा लगानी गर्न चाहनेहरुलाई सहजीकरणका लागि यो विश्लेषण गर्न थालिएको हो। 

कम्पनीहरुले आइपीओ एफपीओ जारि गर्नु पुर्व उनीहरुको वास्तविक अवस्थाबारे जानकारी दिने उदेश्य अन्तर्गत हामीले सर्वसाधारणको लागि आइपिओ बिक्रिमा ल्याएको घलेम्दी हाइड्रोपावर को आइपीओ विश्लेषण गरेका छौँ।  कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिएर लगानीको निर्णय लिनमा सहज होस् भन्ने उदेश्यले विश्लेषण गरिएको हो।   


घलेम्दी हाइड्रोपावर 

कुल ५५ करोड जारि पुंजी ५५ करोड मध्ये २० प्रतिशत अर्थात ११ करोड बराबरको ११ लाख कित्ता सर्वसाधारणलाई छुट्याइयो। ११ लाख कित्ता मध्ये २२ हजार कित्ता कर्मचारी, ५५ हजार कित्ता सामुहिक लगानी कोष र बाँकी १० लाख २३ हजार सर्वसाधारणका लागि। 

कम्पनीले पहिले आयोजना प्रभावितलाई ५ लाख ५० हजार कित्ता आइपीओं जारि गर्यो। जसमा ९४ हजार २३० कित्ता मात्र बिक्रि भयो। आयोजना प्रभावितबाट आबेदन नपरेको ४ लाख ५५ हजार ७७० कित्ता समेत जोडेर घलेम्दीले सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता छुट्याइएको छ।

परियोजना नाम: घलेम्दी हाइड्रोपावर इलेक्ट्रिक प्रोजेक्ट (GHEP) 

परियोजना क्षमता: ५ मेगावाट



आइपीओ रकम उपयोग

कम्पनीले आइपीओबाट प्राप्त रकम ऋण चुक्ता गर्न प्रयोग हुने बताएको छ। छोटो अवधिको ऋण १३ करोड ८५ लाख ७६ हजार रुपैयाँ बैंक वित्तीय संस्थालाई र बाँकी १ करोड ७० लाख एक हजार कन्ट्रयाकटरलाई तिर्ने कम्पनीको विवरणमा उल्लेख छ। 


रेटिंग 

कम्पनीले इक्रा नेपालमा ग्रेड ५ पाएको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औशत भन्दा पनि नाजुक भएको देखाउछ। र यो ग्रेडले कम्पनीमा लगानी पूर्ण जोखिममा छ भन्ने जनाउछ। ग्रेड ४ र ५ आउने कम्पनीले आफ्नो आइपीओको लागि शतप्रतिशत अन्डरराइट गर्नुपर्ने हुन्छ। 


लाभांश प्रक्षेपण 

कम्पनीले आर्थिक बर्ष २०७८-७९,०७९-८० र ०८०-८१ मा ५ करोड ५० लाख रुपैयाँ बराबरको १० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ। त्यस्तै आर्थिक बर्ष 


प्रक्षेपण सहित संक्षेपमा वित्तीय बिबरण 

कम्पनीले परियोजनाका लागि थप ५ करोड ऋण लिन बैंकमा आबेदन दिएको छ। यसबाट बैंकको टोटल ऋण ६० करोड पुग्नेछ। नतिजा ऋण र सम्पतीको अनुपात ४८:५२ पुगेको छ। 

ऋण १२ बर्षमा तिरिसकने कम्पनीको प्रक्षेपण छ। कम्पनीले १० करोड ३२ लाख पुन्जिकृत गरिसकेको छ, जुन आर्थिक बर्ष २०७५-७६ मा आम्दानी र खर्चको रुपमा २ करोड १३ लाख रुपान्तरण हुन सक्नेछ। 

कम्पनीले आगामी बर्ष बैशाख १ देखि नै परियोजना संचालन गरि बिजुली बेच्ने लक्ष्य लिएको छ। बिजुली उत्पादन ढिलाई भएको अवस्थामा कम्पनीले जरिवाना स्वरूप नेपाल बिद्युत प्राधिकरणलाई ९६ लाख ८१ हजार तिर्नुपर्ने हुन्छ। 

थप १ मेगावाट बिजुलीले कम्पनिको आर्थिक बर्ष ०७७-७८ मा आम्दानी सृजना गर्ने अपेक्षा छ। बुक भ्यालु प्रति सेयर अहिलेपनि पार मुल्य भन्दा तल छ।   

परियोजना अवस्था र जोखिम तत्व

२०१८ को मध्यबर्ष नोभेम्बरसम्म निर्माणको काम सम्पन्नको अपेक्षा थियो। तर ९० प्रतिशत परियोजना सकिदैगर्दा परियोजनाको लागत अझै बढ्ने सम्भावना यथावत छ। परियोजना निर्माणमा ढिलाई हुँदा बिजुली बेच्ने समयपनि पछी धकेलिन सक्छ र यसले कम्पनीको आम्दानीमा असर पर्न सक्छ।   

विचार र धारणा 

कम्पनीले सम्भवत: तोकिएको समयमै परियोजना निर्माण सकेर बिजुली बेच्नेछ। कम्पनीको औषत आम्दानी १३ करोड ५६ लाख हुनेछ यदि ७५ प्रतिशत क्षमता मात्रै उपयोग भएको अवस्थामा। कम्पनीले आइपीओको पैसाले ऋण तिरेमा पुर्व निर्धारित खर्च घट्नेछ र ब्याज खर्च समेत कटौती हुनेछ। 

कम्पनीले आर्थिक बर्ष २०७८-७९,०७९-८० र ०८०-८१ मा ५ करोड ५० लाख रुपैयाँ बराबरको १० प्रतिशत लाभांश दिने बताएको छ। भविष्यमा बढ्न सक्ने ब्याज खर्च र अन्य खर्चले कम्पनीको दायित्व बढ्न गई भनेजति लाभांशमा केहि शंका गर्ने ठाउँ छ। प्रोजेक्ट लगत प्रति मेगावाट २३ करोड भनिएको छ, जुन अन्य कम्पनीसंग तुलना गर्दा रिजनेबल खर्च नै देखिन्छ।  

आयोजना प्रभावित स्थानीयले नै आयोजनाको सेयरमा लगानी गर्न अनिच्छा देखाउदा कम्पनीप्रति सर्वसाधारणको धारणा कम सकारात्मक पाइएको छ। स्थानीयले मात्रै १२ प्रतिशत सेयर मात्र खरिद गर्दा त्यसको मानसिक असर सर्वसाधारणमा देखिएको छ। पहिलो दुई दिनमा ९० प्रतिशत मात्र बिक्रि भएपनि यसको आइपीओमा पूर्ण आबेदन पर्ने बिजपाटी डटकमको प्रक्षेपण छ।    

नोट:

बजारका सूचकहरु र कम्पनीको वित्तीय अवस्थालाई आधार मानेर यो रिपोर्ट तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस आइपीओ/एफपीओं विश्लेषणमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

-घलेम्दी हाइड्रोको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?


-'२ महिना मै बिजुली बेच्छौ, आईपिओमा लगानी सुरक्षित छ' घलेम्दी हाइड्रोका अध्यक्षको अन्तर्वार्ता


-घलेम्दी हाइड्रोको आईपिओ बिक्रि खुला, कस्तो छ कम्पनीको अवस्था ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved