युनीभर्सल पावरको आइपीओ विश्लेषण: लाभांश अर्कोबर्षको कमाईबाट, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2019 | 11:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले केसीएल अस्टुट क्यापिटलसंगको सहकार्यमा संचालनमा ल्याएको 'मार्केट वाच' अन्तर्गत आइपीओं/एफपीओ बिक्रिमा ल्याउने कम्पनीको विश्लेषण गर्ने गर्दछ । हाम्रा पाठक तथा सेयरबजारका सुचिकृत कम्पनीहरुमा लगानी गर्न चाहनेहरुलाई सहजीकरणका लागि यो विश्लेषण गर्न थालिएको हो। 

कम्पनीहरुले आइपीओ-एफपीओ जारि गर्नु पुर्व उनीहरुको वास्तविक अवस्थाबारे जानकारी दिने उदेश्य अन्तर्गत हामीले सर्वसाधारणको लागि माघ २५ देखि आइपिओ बिक्रिमा ल्याएको युनीभर्सल पावरको विश्लेषण गरेका छौँ। कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिएर लगानीको निर्णय लिनमा सहज होस् भन्ने उदेश्यले यो नयाँ कदम थालिएको हो। 


कम्पनीले यस अघि  स्थानीयलाई निष्काशन गरेको मध्ये आबेदन नपरेको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर बिक्रि खुला गरेको हो। यसमध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ। आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ। कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

यो पनि: 'ट्रयाक राम्रो छ, ढुक्क भएर आईपिओ भर्दा हुन्छ ' युनिभर्सल पावरका एमडि भण्डारीको अन्तर्वार्ता

कम्पनीको बारेमा 

२०५६ साल माघ १७ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भएको यो कम्पनी २०६७ चैत १६ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो। कम्पनीको रजिस्टर्ड कार्यालय त्रिपुरेश्वर -११ मा अवस्थित छ। यो कम्पनी सीईडीबी हाइड्रो फन्ड लिमिटेड (सीएचएफ) संग आबद्द छ।

व्यवसायिक व्यक्ति तथा समुहद्वारा प्रवर्द्धन 

अनिल कुमार रुन्गटा कम्पनीका अध्यक्ष हुन भने बिनय कुमार भण्डारी प्रबन्ध संचालक हुन। संचालक, प्रबन्धक तथा कर्मचारीहरु हाइड्रो उत्पादन तथा बैंकिङ क्षेत्रमा लामो समय देखि कामगर्दै आएका व्यक्तिहरु छन। त्यसमा पनि यो कम्पनी सीईडीबी हाइड्रो फन्ड लिमिटेड (सीएचएफ), राधि बिद्युत कम्पनी, खरे इन्भेष्टमेन्ट कम्पनीसंग आबद्ध छ। 



रेटिंग 

इकरा नेपालबाट कम्पनीले इक्राएनपी आइपीओ ग्रेड ४ पाएको छ। यसको अर्थ कम्पनीको अवस्था औषत भन्दा तल छ भने देखाउंछ। यो सूचकले सामान्यतया कम्पनीले जोखिम बहन गर्न सक्ने क्षमता र उसले भुक्तानी गर्न सक्ने क्षमतासंग जोडिएको हुन्छ। नयाँ कम्पनीहरुको वित्तीय अवस्था र अन्य सूचकहरु सुरुवाती अवस्थामा सामान्य हुने भएकाले नयाँ कम्पनीले सामान्यतया कम्जोर रेटिंग पाउने गर्छन। रेटिंग गर्ने कम्पनीहरुले समेत रेटिंगलाई आधार मानेर लगानी निर्णय गर्न नहुने बताउछन।

आइपीओबाट संकलन रकमको उपयोग 

कम्पनीले आइपीओबाट संकलन हुने ९६ करोड ६० लाख रुपैयाँ कम्पनीको ऋण चुक्ता गर्ने भएको छ। यसले कम्पनीले महँगो ब्याजमा लिएको ऋणको भुक्तानीसंगै कम्पनीको ब्याज खर्च समेत घट्नेछ। 

योजना लागत 

यस योजनामा प्रति मेगावाट लागत १८ करोड ६० लाख छ। हाल निर्माणधीन अन्य हाइड्रो योजनाको तुलनामा यो लागतलाई न्यून मान्न सकिन्छ। यस योजनाको ८० प्रतिशत काम निर्माण सम्पन्न भैसकेको छ।  


वित्तीय हाइलाइट 

सर्वसाधारणलाई आइपीओ निष्काशन तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब ११ करोड पुग्नेछ। यसअवधिमा कम्पनीको रिजर्भ नेगेटिभ ९७ करोड ६० लाख छ। 

आगामी बर्ष कम्पनीले बिजुली बेच्ने लक्ष्य लिएकाले त्यसपश्चात उसको आम्दानी हुनेछ। त्यस्तै अहिले आइपीओं बिक्रिबाट संकलन हुने रकम ऋण तिर्न प्रयोग हुने भएकाले ब्याज खर्च समेत कम हुनेछ भने भुक्तानी गर्नुपर्ने ऋण पनि घट्नेछ।बिजुली बेचेर प्राप्त हुने आम्दानी स्थायी देखिन्छ। प्रतिसेयर आम्दानी निकट भविष्यमा सकारात्मक हुने सहजै प्रक्षेपण गर्न सकिन्छ।

महत्त्वपूर्ण अनुमान 

यस योजनाले व्यवसायिक रुपमा २०७६ साउन ३ गतेदेखि बिजुली बिक्रि गर्ने लक्ष्य लिएको छ। बिजुली बिक्रि दर प्रति ३ प्रतिशतले ५ पटकसम्म महँगो बनाउन पाउनेछ। 

कम्पनीले प्रत्येक बर्ष रोयल्टी बापत प्रति मेगावाट १ लाख र खुद आम्दानीको २ प्रतिशत तिर्नेछ। कम्पनीको अन्य आम्दानीमा फिक्स्ड डिपोजिटमा राखेको पैसाको ब्याज हुनेछ। 

धारणा 

पछिल्लो समय हाइड्रोको आइपीओमा आम सर्वसाधारणको चाँसो न्यून देखिको छ। त्यसमा पनि यस योजनाको आइपीओमा स्थानीयले चाँसो नदिएको देखिएको छ। यद्दपी कम्पनीका प्रबन्ध संचालक बिनय बहादुर भण्डारीले स्थानीयले आइपीओ नभर्नुसंग परियोजनासंग सम्बन्ध नभएको बताएका छन। 

इक्रा नेपालबाट ४ ग्रेड पाएको र पछिल्लो समय पब्लिकले हाइड्रोको सेयरमा न्यून चाँसो दिएकाले युनिभर्सल पावरको आइपीओ बिक्रि भएपनि उल्लेख्य उत्साहपूर्ण आबेदन पर्ने सम्भावना न्यून नै छ। घट्दो ट्रेन्डमा रहेको सेयरबजारमा हाइड्रोका सेयरमुल्य पार भन्दा पनि मुनि आएकाले लगानीकर्तामा हाइड्रोको सेयरमा बिश्वाश बढ्न नसकेको देखिन्छ। 

हाम्रो सुझाब 

बचतको पैसाले आइपीओ भर्दैहुनुहुन्छ भने निर्णय सहि पनि हुन सक्छ तर केहि लघुवित्तका सेयरको मुल्य झैँ दोस्रो बजारमा सुचिकृत हुँदा मनग्गे कमाई हुन्छ भन्ने सोच नराख्नु नै उपयुक्त हुन्छ। दोस्रो बजारमा सुचिकृत हुँदा यसको मुल्य ९९ रुपैयाँ १४ पैसादेखि २९७ रुपैयाँ ४२ पैसासम्म पुग्नेदेखिन्छ।     

नोट: बजारका सूचकहरु र कम्पनीको वित्तीय अवस्थालाई आधार मानेर यो रिपोर्ट तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 
यस आइपीओ/एफपीओं विश्लेषणमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved