पाँचथर पावर : कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 12:06:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले आज (फागुन १३ गते) देखि सर्बसाधारणलाई साधारण शेयर निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा अवितरित ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो। 

निष्काशन गरिएको साधारण सेयरमध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याईएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ। यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ। कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी २०७३ साल माघ २२ देखि बिद्युत उत्पादन गरि बिक्रि गरिरहेको छ।

यो पनि: 'बिजुली बेचिरहेका छौ,आइपीओ किन्नेले यहिबर्षदेखि प्रतिफल पाउँछ' एमडी ढुंगानाको अन्तर्वार्ता
आइपीओ तथा एफपीओ बिक्रिमा ल्याउने कम्पनीको वास्तविक अवस्थाबारे पाठक तथा लगानीकर्तालाई जानकारी दिने उदेश्यले बिजपाटी डटकमले सम्बन्धित संस्थाका कम्पनी विश्लेषण गर्ने गरेको छ। यहि क्रमलाई निरन्तरता दिंदै कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनी विश्लेषण गरेको छ। कम्पनीको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत तालिकामा उल्लेख गरिएको छ |

जारी पूँजी

९६ करोड २५ लाख 

जारी हुने कित्ता

१९ लाख २५ हजार

आमसर्वसाधारण

९ लाख ६२ हजार ५ सय (१०%)

स्थानीय

९ लाख ६२ हजार ५ सय (१०%)

बिक्री नभएको स्थानीय शेयर

७ लाख ८७ हजार ७ सय ५०

सामुहिक कोषलाई आरक्षित 

८७ हजार ५ सय १२

कर्मचारीलाई आरक्षित

३५ हजार ५

अधिकतम आवेदन गर्न सकिने कित्ता

९ हजार ६ सय २० कित्ता

न्यूनतम

१० कित्ता

रेटिंग

केयर एनपि आइपिओ ग्रेड ४

आयोजनाको कुल लागत

२ अर्व ६१ करोड ४७ लाख

प्रतिमेगावाट लागत

१७ करोड ५४ लाख

अनुमतिपत्र बहाल रहने अवधि

२१०४ साल मंगसिर

जडित क्षमता

१४.९ मेगावाट

प्रतिशेयर नेटवर्थ (आव २०७४/७५)

रु. ८६.२२

व्यापारिक उत्पादन भएको मिति

२०७३ माघ २२ गते

मूल्य वृद्धि

व्यापारिक उत्पादन भएका मितिले १३रौ महिनादेखि ३% का दरले ५ पटक

व्यापारिक उत्पादन शुरु भएको ६१औं महिनादेखि पूर्ण अवधिसम्मको बिक्री दर

हिउँदमा ९.६६ रु. र वर्खामा रु. .५२

वार्षिक उर्जा

८ करोड २० लाख युनिट

हिउँद

१ करोड ४० लाख युनिट

वर्खा

६ करोड ४० लाख युनिट

आवेदन खुल्ने मिति

२०७५ फाल्गुन १३ गते

आवेदन दिने अन्तिम मिति

छिटोमा फागुन १६ र ढिलोमा चैत्र १२


पूँजीको उपयोग

कम्पनीले आइपिओबाट प्राप्त हुने रकम आयोजना निर्माण गर्दा लिएको दीर्घकालीन ऋण भुक्तानीको लागि १३ करोड ७५ लाख, अल्पकालीन कर्जा भुक्तानीको लागि ५ करोड र शेयर निस्कासन खर्च तथा दायित्व भुक्तानीमा ५० लाख रुपैयाँ उपयोग गर्नेछ | सम्भवत शेयर निस्कासनबाट प्राप्त हुने रकम शेयर निस्कासन खर्च भुक्तानी गर्ने प्रस्ताव गर्ने पहिलो कम्पनी हुनसक्छ |

वास्तविक नाफा-नोक्सान

सुदुर पूर्वमा पर्ने पाँचथर जिल्लाको हेवा खोलामा निर्माण भएको आयोजनाले २०७३ साल माघदेखि व्यापरिक उत्पादन शुरु गरेको हो | कम्पनी आर्थिक वर्ष २०७३/७४ देखि २०७४/७५ सम्म आइपुग्दा पनि संचालन घाटामा रहेको छ | कम्पनीले व्यापारिक उत्पादन शुरु भए पनि संचालन घाटा व्यहोरिरहेको छ | आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले १० करोड संचालन घाटा व्यहोरेको छ |

प्रक्षेपित नाफा-नोक्सान

चालु आर्थिक वर्ष २०७५/७६ मा पनि कम्पनी ७ करोड संचालन घाटामा नै रहने प्रक्षेपण गरेको छ | तर आर्थिक वर्ष ०७६/७७ मा भने ८ करोड ८१ लाख खूद मुनाफा गरि संचित घाटा पुरा गरेर नेटवर्थ धनात्मक हुने प्रक्षेपण गरेको छ | आव ७६/७७ मा बिक्री आम्दानी बढ्नसक्ने प्रक्षेपणको आधारमा झन्डै ९ करोड खुद मुनाफा हुने प्रक्षेपण गरिएको हो | यस वर्ष कम्पनीले ४७ करोडको बिद्युत बिक्रि हुने अनुमान पेश गरेको छ | आव ७६/७७ मा कम्पनीको नेटवर्थ १०९ पुग्ने प्रक्षेपण गरेको छ | त्यस्तै आव ०७७/७८ मा बिक्रि आम्दानी अझ बढ्न गइ २७ करोड खुद मुनाफा हुने पप्रक्षेपण गरेको छ |

प्रक्षेपण र वास्तविकता

कम्पनी चालु आर्थिक वर्ष २०७५/७६ सम्म संचालन घाटामा रहेर आगामी आर्थिक वर्षदेखि मुनाफामा जान जानसक्ने भनेर गरेको प्रक्षेपणलाई अवास्तविक भन्न सकिने ठाउँ छैन तर भने जति विद्युत बिक्री हुन्छ कि हुन्न भन्ने कुरा संशय छ | उत्पादित विद्युत बिक्री हुन सकेको खण्डमा भने कम्पनीले गरेको प्रक्षेपण अनुसार हुने अनुमान गर्न सकिन्छ | काबेली करिडोर प्रसारण लाइन निर्माण पुरा नहुँदा यसको मार अरुण काबेली र राईराँग आयोजनाले समेत भोगिरहेका छन् | पाँचथर पावरले पनि यहि पिडा भोगेको छ  | आयोजनाले पहिले नै लाइन पाएको भए पहिलो सालदेखि नै कम्तिमा ४० करोडको विद्युत बिक्रि गर्न सक्ने सामर्थ्य राख्थ्यो तर लाइन अभावमा उत्पादित बिजुली डिब्बा बन्द गर्न आयोजना बाध्य बनेको देखिन्छ | यसको बिक्रि आम्दानीमा हिउँदको विजुलीको मात्र योगदान बढी देखिएको छ | यसको वार्षिक उर्जा क्षमता राम्रो देखिएको छ | हिउँदमा थप उर्जा प्राप्त हुनसक्ने स्थिति विवरणपत्रमा उल्लेख गरिएको छैन | यस्तो उर्जा भएमा कम्पनीको आयमा थप टेवा पुग्छ | एक अनौपचारिक जानकारी अनुसार हिउँदमा थप उर्जा आउने स्थिति छैन |

लगानी निर्णय

यो विश्लेशण विवरणपत्र र अनौपचारिक जानकारीका आधारमा तयार पारिएको हो | यो विश्लेषणले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन | लगानी गर्नलाई केहि आधार मात्र दिन्छ | शेयर लगानी दोस्रो बजारमा बेचेर नाफा लिनेमा मात्र सिमित हुन्न | दोस्रोबजार निरपेक्ष लाभ हानी हिसाब गर्ने थलो हैन | यहाँबाट आवश्यक परेको बेला बाहिरिन सहज होस् भनेर दिएको एउटा सुबिधा मात्र हो | दोस्रोबजारमा सूचीकरण हुँदा यसले आव २०७४/७५ को लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन अनुसार रु. ८६.६२ देखि रु. २ सय ६० को पहिलो कारोबारको लागि दायरा प्राप्त गर्ने देखिन्छ | दोस्रोबजारमा कतिमा कारोबार खुल्छ अनुमान गर्न सकिन्न | विवरणपत्र अनुसार कम्पनीले आव २०७६/७७ मा मात्र लाभ दिन सक्ने देखिन्छ | तर प्रसारण लाइन पुरा भएमा त्यो भन्दा अगाडी आव ७५/७६ मा पनि दिनसक्छ तर यसमा अहिले नै ठोकुवा गर्न सकिन्न |   






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved