माउन्टेन हाइड्रोको आईपिओ: यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 01:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदुरपूर्वको पाँचथरमा निर्माण भएको पाँचथर पावरले जारी गरेको प्राथमिक शेयर बाँडफाँड नहुँदै पाँचथरमा नै निर्माण भएको अर्को जलविद्युत कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर आवेदन खुला गर्दैछ | यी दुबै आयोजना एकै जिल्लामा मात्र हैन एकै खोलामा निर्माण भएका हुन् | एकै जिल्ला एकै खोलामा निर्माण भएका हुँदा यी दुबै आयोजनाले एकै प्रसारण लाइन (काबेली करिडोर) को उपयोग गरेर विद्युत प्रवाह गर्नेछन् | पाँचथरले भोगे जस्तै व्यथा यसले पनि भोगिरहेको छ | कम्पनीको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ |

विषय 

विवरण

जारी पूँजी

१ अर्ब २५ करोड

जारी हुने कित्ता

१६ लाख ८८ हजार ९ सय ८२

आयोजनाको कुल लागत

४ अर्व २८ करोड

प्रतिमेगावाट लागत

१९ करोड ८२ लाख

जडित क्षमता

२१.६ मेगावाट

ग्रिड कनेक्सन

निर्माणाधीन १३२ केभि काबेली करिडोर

प्रतिशेयर नेटवर्थ (आव २०७४/७५)

रु. ९३.७५

व्यापारिक उत्पादन मिति

२०७५ आश्विन २४ भए पनि संशोधन गरि माघ ३० सम्म थप गर्न निवेदन दिएको | कहिले हुने भन्ने कुरा काबेली करिडोर प्रसारण लाइनले निर्धारण गर्ने |

जलाधार क्षेत्र

हेवा र फेमे खोला

मूल्य वृद्धि

व्यापारिक उत्पादन भएका मितिले १३रौ महिनादेखि ३% का दरले ५ पटक

व्यापारिक उत्पादन शुरु भएको ६१औं महिनादेखि पूर्ण अवधिसम्मको बिक्री दर

हिउँदमा ९.६६ रु. र वर्खामा रु. .५२

वार्षिक उर्जा

११ करोड ६२ लाख युनिट

हिउँद

१ करोड ८२ लाख युनिट

वर्खा

९ करोड ७९ लाख युनिट

उचाई

१७५.५ मि.

खुद उचाई

१७०.९५ मि.

डिजाइन डिस्चार्ज

१०.१० क्युबिक मिटर प्रतिसेकेन्ड (हेवा) र ४.७ क्युबिक मिटर प्रतिसेकेन्ड (फेमे)

पानी थिग्र्याउने पोखरी

६५*१२ () हेवा ६०*() फेमे heme

विद्युतगृह र टर्वाइन

सतही र ७.७ मेवाका ३ वटा फ्रान्सिस टर्वाइन

प्रसारण लाइन

विद्युतगृहबाट जोरसाल सब-स्टेशनसम्म ३ किमि

आवेदन खुल्ने मिति

२०७५ फाल्गुन २३ गते

आवेदन दिने अन्तिम मिति

छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२

अधिकतम आवेदन गर्न सकिने कित्ता

८०,००० कित्ता

न्यूनतम आवेदन गर्न सकिने कित्ता

५० कित्ता

रेटिंग

इक्रा एनपि आइपिओ ग्रेड ४


पूँजीको उपयोग 

कम्पनीले शेयर (स्थानीय र आम सर्वसाधारण) जारी गरि प्राप्त हुने रकम सबै रकम ब्रिज ग्याप ऋण तिर्न उपयोग गर्ने उल्लेख गरेको छ | 

नाफा-नोक्सान

कम्पनीले व्यापारिक उत्पादन शुरु नगरेको हुँदा आम्दानी हुनसक्ने अवस्था छैन | अझ पनि निर्माणको क्रममा रहेको छ | कम्पनीले विद्युत उत्पादन गरि हाले पनि प्रसारण लाइनको अभाव रहेको हुँदा आम्दानी गरिहाल्न सक्ने अवस्था देखिन्न | कम्पनी आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा पनि संचालन घाटामा रहेको छ | कम्पनीले व्यापारिक उत्पादन शुरु गर्न विभिन्न कारणले ढिलाई भएका कारण संचालन  घाटा व्यहोरिरहेको छ | विवरणपत्रमा कम्पनीको आय-व्यय विवरण प्रष्ट नभएको हुँदा संचालन घाटाको वास्तविक तथ्यांक प्राप्त हुनसकेको छैन | निर्माण अवधि लम्बिँदै जाँदा कम्पनीको संचित घाटाको दर पनि बढ्दै गएको छ | कावेली करिडोर प्रसारण लाइन कहिलेसम्म बन्ने हो अझ यकिन हुन सकेको छैन | यो प्रसारण लाइन नबनेसम्म पूर्वका कुनै पनि आयोजनाले व्यापारिक उत्पादन गर्न सक्ने स्थिति नरहेको हुँदा संचालन घाटामा रहने हुँदा संचित बढ्ने देखिएको छ | यसबाट माउन्टेन हाइड्रो पनि अछुतो रहन सक्दैन | 

प्रक्षेपित नाफा-नोक्सान 

चालु आर्थिक वर्ष २०७५/७६ मा पनि कम्पनी ७ करोड ६७ लाख संचालन घाटामा नै रहने प्रक्षेपण गरेको छ | तर आर्थिक वर्ष ०७६/७७ मा भने २ करोड ८४ लाख खूद मुनाफा हुने प्रक्षेपण गरेको छ | आव ७७/७८ मा बिक्री आम्दानी बढ्नसक्ने प्रक्षेपणको आधारमा ४ करोड ५४ लाख खुद मुनाफा हुने प्रक्षेपण गरिएको हो | यस वर्ष कम्पनीले ५८ करोडको बिद्युत बिक्रि हुने अनुमान पेश गरेको छ | आव ७७/७८ मा पनि कम्पनीको नेटवर्थ भने ऋणात्मक नै हुने प्रक्षेपण गरेको छ | 

प्रक्षेपण र वास्तविकता 

पूर्वमा निर्माणाधीन र निर्माण सम्पन्न हुन लागेका आयोजनाको मूल समस्याको रुपमा रहेको काबेली करिडोर प्रसारण लाइन निर्माण नहुनु हो | विगत १० वर्षदेखि निर्माण भइरहेको दमक (झापा) – अमरपुर (पाँचथर) ९० किमि प्रसारण लाइन पुरा नहुनु हो | दमक – गोदक (इलाम) खण्ड पुरा भए पनि त्यहाँबाट उत्तरतर्फ पाँचथर खण्ड पुरा नहुँदा पाँचथरमा निर्माणाधिन काबेली, इवा र हेवा खोलाका सबै आयोजनाले विद्युत उत्पादन गर्ने अवस्थामा पुगिसक्दा पनि प्रसारण गर्न पाएका छैनन् | प्रसारण लाइन बेलैमा पुरा भएको भए उत्पादित विद्युत बिक्री हुँदा आयोजना प्रवर्द्धक र देश दुबैलाई हुने लाभ दिनहुँ गुमिरहेको छ | काबेली करिडोर प्रसारण लाइन बनेको खण्डमा भने हेवा खोलामा निर्माणाधीन दुबै (पाँचथर र माउन्टेन) को स्थिति सुदृढ हुनसक्छ | माउन्टेनले प्रसारण लाइन बेलैमा नपाएको कारण लागत बढेको मार सहनुपरेको छ | यस्तै दशा पाँचथरले पनि भोगिरहेको छ | हेवाले प्रसारण लाइन पाएको खण्डमा ६० करोड भन्दा बढीको बिजुली बेच्न सक्ने सामर्थ्य राख्छ | प्रसारण लाइनको हविगत हेर्दा कम्पनीले हिउँदमा न्यून बिजुली मात्र बेच्न सक्छ र यसले कम्तिमा संचालन कर्मचारी खर्च र केहि हदसम्म बैंकको व्याज तिर्न सक्छ तैपनि कम्पनी संचालन घाटामा रहन सक्छ | हिउँदमा थप उर्जा प्राप्त हुनसक्ने स्थिति विवरणपत्रमा उल्लेख गरिएको छैन | यस्तो उर्जा भएमा कम्पनीको आयमा थप टेवा पुग्छ | एक अनौपचारिक जानकारी अनुसार हिउँदमा थप उर्जा आउने सक्ने सम्भावना रहेको छ | यदि यस्तो भएमा कम्पनीलाई आम्दानीमा थप टेवा पुग्ने देखिन्छ | 

लगानी निर्णय 

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो | यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन | तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ | 

शेयर लगानी दोस्रो बजारमा बेचेर नाफा लिनेमा मात्र सिमित हुन्न | विवरणपत्र अनुसार कम्पनीले आव २०७७/७८ मा पनि लाभांश दिनसक्ने प्रक्षेपण गरेको छैन | समस्याको मूल जड नै प्रसारण लाइन भएको हुँदा यसले कहिले लाभांश दिन्छ भन्ने अनुमान साक्षात इश्वरले पनि गर्न सक्ने स्थिति देखिन्न तर प्रसारण लाइन बनिहालेमा भने कम्पनीले प्रक्षेपण गरेको समय अघि पनि लाभ बाँड्न सक्छ | 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved