माउन्टेन हाइड्रोको आइपीओ विश्लेषण: लाभांशको बिषय अनुत्तरित, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2019 | 11:35:32 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले केसीएल अस्टुट क्यापिटलसंगको सहकार्यमा संचालनमा ल्याएको 'मार्केट वाच' अन्तर्गत आइपीओं/एफपीओ बिक्रिमा ल्याउने कम्पनीको विश्लेषण गर्ने गर्दछ । हाम्रा पाठक तथा सेयरबजारका सुचिकृत कम्पनीहरुमा लगानी गर्न चाहनेहरुलाई सहजीकरणका लागि यो विश्लेषण गर्न थालिएको हो। 

कम्पनीहरुले आइपीओ-एफपीओ जारि गर्नु पुर्व उनीहरुको वास्तविक अवस्थाबारे जानकारी दिने उदेश्य अन्तर्गत हामीले सर्वसाधारणको लागि फागुन २३ देखि आइपिओ बिक्रिमा ल्याएको माउन्टेन हाइड्रो नेपालको विश्लेषण गरेका छौँ। कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिएर लगानीको निर्णय लिनमा सहज होस् भन्ने उदेश्यले यो नयाँ कदम थालिएको हो। 

माउन्टेन हाइड्रोले सर्वसाधारणको लागि फागुन २३ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ।  कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।

यो पनि: '१ महिनामा बत्ति बल्छ, यहि बर्षबाट बोनस दिन्छौ' माउन्टेन हाइड्रोका अध्यक्ष तिमल्सिनाको अन्तर्वार्ता

कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयर मध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकि रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ   । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपिओले ग्रेड ४ को आईपिओ रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।


१ करोड २५ लाख कित्तामध्ये १२ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई जारि गरिएको थियो। जहाँ ५४.७१ प्रतिशत सेयरमा मात्रै आबेदन पर्यो। अवितरित ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर १८ लाख १६ हजार १ सय १० कित्ता शेयर सर्वसाधारणलाई बिक्रिमा ल्याइएको हो। सर्वसाधारणलाई छुट्याइएको मध्ये ३६ हजार ३२२ कित्ता कर्मचारीलाई, ४० हजार सामुहिक लगानी कोषलाई र बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता बिशुद्द सर्वसाधारणलाई छुट्याइएको छ।    

रेटिंग 

इकरा नेपालबाट कम्पनीले फेव्रुअरी २०१९ मा इक्राएनपी आइपीओ ग्रेड ४ पाएको छ। यसको अर्थ कम्पनीको अवस्था औषत भन्दा तल छ भने देखाउंछ।

यो सूचकले सामान्यतया कम्पनीले जोखिम बहन गर्न सक्ने क्षमता र उसले भुक्तानी गर्न सक्ने क्षमतासंग जोडिएको हुन्छ। नयाँ कम्पनीहरुको वित्तीय अवस्था र अन्य सूचकहरु सुरुवाती अवस्थामा सामान्य हुने भएकाले नयाँ कम्पनीले सामान्यतया कम्जोर रेटिंग पाउने गर्छन।

रेटिंग गर्ने कम्पनीहरुले समेत रेटिंगलाई आधार मानेर लगानी निर्णय गर्न नहुने बताउछन।

आइपीओबाट संकलन रकमको उपयोग 

कम्पनीले आइपीओबाट संकलन हुने २५ करोड रुपैयाँ कम्पनीको ऋण चुक्ता गर्ने भएको छ। यसले कम्पनीले महँगो ब्याजमा लिएको ऋणको भुक्तानीसंगै कम्पनीको ब्याज खर्च समेत घट्नेछ। 


योजना लागत 

यस योजनामा प्रति मेगावाट लागत २० करोड ५० लाख छ। हाल निर्माणधीन अन्य हाइड्रो योजनाको तुलनामा यो लागतलाई बढी नै मान्न सकिन्छ। यस योजनाको निर्माण काम करिब अन्तिम चरणमा छ। सेयरको दोस्रो बजारमा सुचिकृत हुँदासम्म निर्माण सम्पन्न भई बिजुली बलिसक्ने कम्पनीको दाबी छ। कम्पनीकाअनुसार चैतसम्म निर्माण सम्पन्न भईसक्नेछ। 

कम्पनीले व्यापारिक उत्पादन शुरु नगरेको हुँदा आम्दानी हुनसक्ने अवस्था छैन | अझ पनि निर्माणको क्रममा रहेको छ | कम्पनीले विद्युत उत्पादन गरि हाले पनि प्रसारण लाइनको अभाव रहेको हुँदा आम्दानी गरिहाल्न सक्ने अवस्था देखिन्न | कम्पनी आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा पनि संचालन घाटामा रहेको छ | कम्पनीले व्यापारिक उत्पादन शुरु गर्न विभिन्न कारणले ढिलाई भएका कारण संचालन  घाटा व्यहोरिरहेको छ | विवरणपत्रमा कम्पनीको आय-व्यय विवरण प्रष्ट नभएको हुँदा संचालन घाटाको वास्तविक तथ्यांक प्राप्त हुनसकेको छैन | निर्माण अवधि लम्बिँदै जाँदा कम्पनीको संचित घाटाको दर पनि बढ्दै गएको छ | कावेली करिडोर प्रसारण लाइन कहिलेसम्म बन्ने हो अझ यकिन हुन सकेको छैन | यो प्रसारण लाइन नबनेसम्म पूर्वका कुनै पनि आयोजनाले व्यापारिक उत्पादन गर्न सक्ने स्थिति नरहेको हुँदा संचालन घाटामा रहने हुँदा संचित बढ्ने देखिएको छ | यसबाट माउन्टेन हाइड्रो पनि अछुतो रहन सक्दैन | 

वित्तीय हाइलाइट 

यो आयोजनालाई तुलनात्मक रुपमा महँगो मानिएको छ। प्रति मेगावाट २० करोड ५० लाख लाग्ने भनिएको यो योजना २२ दशमलब १ मेगावाटको आयोजना हो। 

ऋणले आयोजनाको ५५ प्रतिशत लागत समेट्ने र आम्दानीको ६४ प्रतिशत ब्याज तिर्न खर्च हुने कमपनीको विश्लेषण छ। आइपीओबाट संकलित रकम बैंक वित्तीय संस्थाको ऋण तिर्न उपयोग हुँदा यसले ब्याज खर्च घटाउनेछ।

कम्पनी आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा पनि संचालन घाटामा रहेको छ | कम्पनीले व्यापारिक उत्पादन शुरु गर्न विभिन्न कारणले ढिलाई भएका कारण संचालन  घाटा व्यहोरिरहेको छ |

कम्पनीले २०७६/७७ देखि मात्र नाफा कमाउने र २०७८-७९ मा रिजर्भ सकारात्मक हुने प्रक्षेपण गरेको छ। महत्त्वपूर्ण सूचकहरु प्रति सेयर आम्दानी, बुक भ्यालु प्रति सेयर, रिटर्न अन इक्क्विटि लगायतका सूचकहरु उद्योगको औषत भन्दा पनि कम्जोर देखिएका छन।    

चालु आर्थिक वर्ष २०७५/७६ मा पनि कम्पनी ७ करोड ६७ लाख संचालन घाटामा नै रहने प्रक्षेपण गरेको छ | तर आर्थिक वर्ष ०७६/७७ मा भने २ करोड ८४ लाख खूद मुनाफा हुने प्रक्षेपण गरेको छ | आव ७७/७८ मा बिक्री आम्दानी बढ्नसक्ने प्रक्षेपणको आधारमा ४ करोड ५४ लाख खुद मुनाफा हुने प्रक्षेपण गरिएको हो | यस वर्ष कम्पनीले ५८ करोडको बिद्युत बिक्रि हुने अनुमान पेश गरेको छ | आव ७७/७८ मा पनि कम्पनीको नेटवर्थ भने ऋणात्मक नै हुने प्रक्षेपण गरेको छ |

महत्त्वपूर्ण अनुमान 

यस योजनाले व्यवसायिक रुपमा यहि बर्ष चैतदेखि बिजुली बिक्रि गर्ने लक्ष्य लिएको छ। हेवाले प्रसारण लाइन पाएको खण्डमा ६० करोड भन्दा बढीको बिजुली बेच्न सक्ने सामर्थ्य राख्छ | प्रसारण लाइनको हविगत हेर्दा कम्पनीले हिउँदमा न्यून बिजुली मात्र बेच्न सक्छ र यसले कम्तिमा संचालन कर्मचारी खर्च र केहि हदसम्म बैंकको व्याज तिर्न सक्छ तैपनि कम्पनी संचालन घाटामा रहन सक्छ|

हाम्रो सुझाब 

बचतको पैसाले आइपीओ भर्दैहुनुहुन्छ भने निर्णय सहि पनि हुन सक्छ तर केहि लघुवित्तका सेयरको मुल्य झैँ दोस्रो बजारमा सुचिकृत हुँदा मनग्गे कमाई हुन्छ भन्ने सोच नराख्नु नै उपयुक्त हुन्छ। दोस्रो बजारमा सुचिकृत हुँदा माउन्टेन हाइड्रोको मुल्य ९३ रुपैयाँ ७५ पैसादेखि २८१ रुपैयाँ २५  पैसासम्म पुग्नेदेखिन्छ।

शेयर लगानी दोस्रो बजारमा बेचेर नाफा लिनेमा मात्र सिमित हुन्न | विवरणपत्र अनुसार कम्पनीले आव २०७७/७८ मा पनि लाभांश दिनसक्ने प्रक्षेपण गरेको छैन | समस्याको मूल जड नै प्रसारण लाइन भएको हुँदा यसले कहिले लाभांश दिन्छ भन्ने अनुमान साक्षात इश्वरले पनि गर्न सक्ने स्थिति देखिन्न तर प्रसारण लाइन बनिहालेमा भने कम्पनीले प्रक्षेपण गरेको समय अघि पनि लाभ बाँड्न सक्छ | 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved