रसुवागढी हाइड्रो अर्को बर्षदेखि नाफामा, यस्तो छ लाभांश दाबी र वास्तविकता (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2019 | 11:35:43 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावरले बैशाख ६ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो। यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । 

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन।

सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। सान्जेनले रसुवा जिल्लाको साविक चिलिमे गाबिसमा पर्ने सान्जेन माथिल्लो र सान्जेन गरि दुईवटा आयोजना निर्माण गरिरहेको छ।     

२०७६ फागुन ७ देखि बिजुली बेच्ने लक्ष्य राखेको रसुवागढी हाइड्रोको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ।


पुंजीको प्रयोग 

आइपीओ निष्काशनबाट प्राप्त रकम कम्पनीले आयोजनाको लट १–सिभिल तथा हाइड्रोमेकानिकल कार्य, लट २ः इलेक्ट्रोमेकानिकल कार्य तथा लट ३ः करिव १० कि.मि. लामो १३२ केभि ट्रान्समिसन लाइनको निर्माण कार्यमा खर्च गर्नको लागि छुट्याएको छ। सर्वसाधारणमा निष्काशन गरिने १,०२,६३,१५० कित्ता शेयर बराबरको रकम रु १,०२,६३,१५,००० निम्नअनुसार खर्च हुने विवरणपत्रमा उल्लेख छ।


नाफा नोक्सान 

कम्पनीले २०७६ फागुन ७ देखि व्यवसायिक उत्पादन गर्ने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा करिब १४ करोड रुपैयाँ संचित घाटा देखिएको छ। कम्पनीले आयोजना निर्माण सम्पन्न गरि बिजुली बिक्रि गर्न बाँकी नै रहेको अवस्थामा यो संचित घाटालाई अन्यथा मान्न मिल्दैन। कम्पनी २०७६-७७ बाट नाफामा जाने र २०७७-७८ मा लाभांश दिने विवरणपत्रमा उल्लेख छ। 

५ बर्षको प्रक्षेपित विवरणपत्रमा कम्पनी २०७६-७७ बाट नाफामा जाने र २०७७-७८ देखि २०७९-८० सम्म सेयरधनीलाई १० प्रतिशतको दरले लाभांश दिने उल्लेख छ। आर्थिक बर्ष २०७९/८० सम्म पूँजी वृद्धि हुने अनुमान उल्लेख छैन ।   


लगानी निर्णय

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो। यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन। तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ। 

कम्पनीले अर्को बर्षदेखि नै बिजुली बिक्रि गरि आम्दानी गर्ने प्रक्षेपण गरेको छ। उसको प्रक्षेपणअनुसार नै काम अघि बढेमा आउँदो बर्षदेखि कम्पनी नाफामा जाने र २०७७-७८ देखि नै लाभांश दिन सक्नेछ। कम्पनीले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved