नेपाल एग्रोको जोड हकप्रदमा मात्रै, यस्तो छ लाभांश दाबी र वास्तविकता (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2019 | 11:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख ८) देखि सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गरेको छ। लघुवित्तले कम्पनीले  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्रीमा राखेको हो। 

जसमध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। 

लगानीकर्ताले आजदेखि छिटोमा बैशाख ११ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आइपीओंका लागि आबेदन दिन सक्नेछन।  न्युनतम १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ।   

कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ।

सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। लघुबित्तको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ।


कम्पनीको बारेमा 

नेपाल एग्रोले नेपाल राष्ट्र बैंकबाट २३ भदौ २०७३  मा ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न स्वीकृति लिएर ४ असोजबाट औपचारिक कारोबार सुरु गरेको हो ।

पोखरा कास्कीमा रजिष्टर्ड कार्यालय रहेको यस लघुवित्तले कास्की, पर्वत, बागलुङ, गुल्मी, प्यूठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ र लम्जुङ गरी १० जिल्लाका २६ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । 

वित्तीय अवस्था 

यस अवधिमा लघुवित्तको अधिकृत पुंजी १० करोड छ भने जारि पुंजी ४ करोड ९७ लाख ७८ हजार रुपैयाँ छ भने चुक्ता पुंजी ३ करोड ३६ लाख छ। पुस मसान्तसम्म लेखापरीक्षण नभएको वित्तीय प्रतिवेदनअनुसार १ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको खुद मुनाफा ७२ लाख २० हजार छ।

प्रक्षेपित नाफा-नोक्सान

आर्थिक बर्ष २०७५-७६ को अन्त्यमा लघुवित्तले ८७ लाख ६४ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ। त्यस्तै आर्थिक बर्ष २०७६/७७ मा १ करोड ६७ लाख , २०७७/७८ मा २ करोड ४४ लाख खुद मुनाफा गर्ने प्रक्षेपण छ। २०७५/७६ को अनुमानित नाफा बाँडफाँटअनुसार विभिन्न जगेडा कोषमा रकम व्यवस्था र अघिल्लो आर्थिक बर्षसम्मको सञ्चित घाटा २५ लाख ५३ हजार रुपैयाँ घटाएपछि ४२ लाख ८३ हजार रुपैयाँ सञ्चित नाफा हुने प्रक्षेपण गरेको छ ।     



लाभांश भन्दा हकप्रदमा जोड 

लघुवित्तले चुक्ता पुंजी वृद्धिको लागि बोनस सेयर भन्दा हकप्रदमा जोड दिएको उसको वित्तीय विवरणमा उल्लेख छ। आइपीओ बिक्रि तथा वितरण लगत्तै लघुवित्तले २० प्रतिशत हकप्रद बिक्रि गरि पुंजी बढाउने लक्ष्य लिएको छ। 

त्यस्तै आर्थिक बर्ष २०७७-७८ मा फेरी पुंजी बढेर १२ करोड ८४ लाख पुग्ने प्रक्षेपण गरिएको छ। आर्थिक बर्ष २०७६-७७ मा पुंजी वृद्धि भएर ८ करोड २३ लाख पुग्ने भएकाले १२ करोड पुंजी पुर्याउन आम्दानी मात्र पर्याप्त नहुने हुँदा लघुवित्तले फेरी हकप्रद बिक्रि गर्ने देखिन्छ।

लघुवित्तको ३ आर्थिक बर्षको प्रक्षेपणअनुसार आर्थिक बर्ष २०७७-७८ सम्ममा लघुवित्तको सेयरधनीले कुनै लाभांश पाउनेछैनन। सेयरधनीले मात्र हकप्रदको भारि बोक्नुपर्ने छ।



पुंजीको प्रयोग 

आइपीओ निष्काशनबाट प्राप्त रकम लघुवित्तले बिभिन्न शिर्षकको कर्जा दिन उपयोग गर्ने जनाएको छ। पशुपालन तथा कृषि कर्जामा ९७ लाख ६ हजार ६ सय ८०, खुद्रा व्यापार र सेवा कर्जामा ४८ लाख ५३ हजार ३ सय ४० र साना तथा घरेलु उद्योग कर्जामा १६ लाख १७ हजार ७ सय ८० उपयोग गर्ने विवरणपत्रमा उल्लेख छ ।    


लगानी निर्णय

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो। यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन। तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ। 

लघुवित्तको प्रक्षेपणअनुसार २०७७-७८ सम्म लाभांश वितरण नगर्ने स्पष्ट छ। हकप्रद मात्र भर्ने हो र तत्काललाई लाभांशको अपेक्षा छैन भने मात्र लघुवित्तको आइपीओंमा आबेदन उचित देखिन्छ तर तत्कालै लाभांश पाउँछु भन्ने अपेक्षाले आइपीओ भर्नेको अपेक्षा पुरा नहुने देखिन्छ। कम्पनीले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved