वेल्सको विश्वकप खेल्ने सपना टुट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 06:12:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत सोमबार राति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गोल गर्दै रिपब्लिक अफ आयरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आयरल्याण्डका लागि म्याकक्लिनकै गोल प्ले–अफमा स्थान बनाउन सहायक बन्यो भने वेल्सलाई त्यही गोलले छनौट चरणबाट बाहिरिन बाध्य पार्‍यो ।

यो खेल जितेको भए वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने मौका पाउने थियो । । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved