औंलाले लिपगार्ड लगाउने बानी छ ? साबधान !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:26:58 AM मा प्रकाशित

laxmi  sunrise bank

  यो सुन्दा तपाईलाई अनौठो लाग्यो होला । अनि मनमा लग्यो होला कि लिपगार्ड औलाले नलगाए के ले लगाउने त ? होइन यो सत्य हो ।

हालैको एक अनुसन्धानले यस्तो नतिजा निकालेको छ । हाम्रो ओंठमा उत्पन्न हुने सुख्खाका कारण हामी लिपगार्ड लगाउँछौं । त्यसमाथि पटक पटक जिव्रोले ओंठ भिजाउने गर्छौं ।

समान्यतः फोहोर हात भएको बेलामा पनि हामी लिपगार्ड लगाउने गर्छौं । यस्तो गर्नु घातक हुने अध्यनले देखाएको छ । हामी लिपगार्ड लगाएर ओंठलाई सुख्खा हुनबाट रोक्न चाहन्छौं । लिपगार्डको बट्टामा औंलो राखेर लिपगार्ड झिक्ने र लगाउने हाम्रो चलन हुन्छ । तर यसो गर्दा फोहोर हातबाट हुने संक्रमणबारे भने हामी सचेत हुँदैनौं ।

 

विभिन्न कारणले हाम्रो औंलामा आउने ब्याक्टेरिया र भाइरसले हाम्रो ओंठ हुँदै मुखमा प्रवेश गर्न सक्छ । हामीले विभिन्न फोहोर कुरा चलाएपछि औंला मुखमा लैजाने गर्छौं । यसो गर्दा तपाइँको मुखमा घातक भाइरस र ब्याक्टेरिया प्रवेश गर्न सक्छ । तसर्थ औलाले पटक पटक लिपगार्ड लगाउनु घातक हुने अनुसन्धानको निचोड छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved