अब्दुल कलामका चर्चित १२ प्रेरणादायी भनाई जसले तपाईको जीवन बदल्न सक्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:35:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डा. एपिजे अब्दुल कलामको निधन भएको १ बर्ष पुरा भएको छ । उनको गत बर्ष जुलाई २७ का दिन ८३  वर्षको उमेरमा निधन भएको थियो  । एक कार्यक्रममा बोल्दै गर्दा ढलेका कलामलाई तत्काल अस्पताल लगिएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन्  । आफ्नो अन्तिम घडीसम्म पनि आफ्नो ज्ञान बाडेका कलामलाई प्रेरणादायी व्यक्तिका रुपमा समेत लिइन्छ ।

हेर्नुहोस् उनका केही चर्चित प्रेरणादायी भनाईहरु:

पहिलो विजयमै आराम नखोज, जब तिमी दोश्रोमा असफल हुन्छौ त्यो बेला हजारौ जिब्रोले तिम्रो पहिलो बिजय मात्र भाग्य भन्छन ।

कुनै घटना होइन श्रेष्ठता केवल एउटा प्रक्रिया हो ।

सफलताको रहस्य के हो ? सहि निर्णय, सहि निर्णय कसरी ? अनुभवबाट, अनुभव कसरी ? गलत निर्णयहरुबाट ।  

समस्याबिना सफलताको आनन्द लिन सकिँदैन त्यसैले समस्या मानिसको जीवनमा जरुरी छ ।

महामानवहरुका लागि धर्म मित्रताको मार्ग हो तर साना मान्छेहरु यसलाई युद्धको मध्यम बनाउछन  ।

छोराछोरीलाई तपाई मायाँ दिन सक्नु हुन्छ तर विचार दिन्न सक्नु हुन्न किनभने उनीहरुका आफ्नै विचार हुन्छन  । 

सफलताको एक मात्र मार्ग हो सरलता र परिश्रम ।

कक्षाकोठाको अन्तिम बेन्चहरुमा पनि राष्ट्रका सर्वोत्कृष्ट दिमागहरु हुन् सक्छन ।

 चिकित्सकहरु समय, धैर्य र प्रकृति जसले सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्न सक्छन ।

बाबु, आमा र शिक्षक जसले देशलाई भ्रष्टाचारमुक्त र सुन्दर बनाउन सक्छन ।

निन्द्रामा देखिने सपना होइन सपना त ति हुन् जसले तपाईलाई निदाउन दिदैन ।

कम्पनीलाई भन्दा आफ्नो कामलाई माया गरौँ किनकी तपाईको कम्पनीले कतिबेला मायाँ गर्न छोड्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved