१० हजारको बिलमा १ लाख ३२ हजार टिप्स, आभार ब्यक्त गर्ने उत्कृष्ट तरिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 06:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी आयरल्याण्डको पोर्टाडाउन शहरमा एक भारतीय रेस्टुरेन्टमा खाना खाएर खुशी भएका ग्राहकले १ लाख ३२ हजार नेपाली रुपैयाँ (१ हजार पाउण्ड) टिप्स दिएका छन। उनको बिल १० हजार ४ सय (७९) पाउण्डको थियो। 

शहरका भारतीय ट्री रेष्टुरेन्टका सेफ बाबु (सब्बिर सत्तार) ले ती ग्राहकले आफुलाई धेरै सम्मान दिएको बताएको बिबिसीले लेखेको छ। यद्दपी टिप्स दिने व्यक्तिले भने आफ्नो पहिचान नखुलाएको उसले लेखेको छ।

बिल भन्दा करिब १३ गुणा बढीको टिप्स दिने ती व्यक्ति आफ्नो पाँच साथिहरुसंग यस रेष्टुरेन्टमा खानाको लागि आएका थिए। 'मिष्ठान्न खानाको साथ साथै न्यानो सेवाको लागि शुल्क तिर्न चाहन्छु' उनले नोटमा लेखेका छन। 
 
रेष्टुरेन्टकी मालिक लुना एकुशले उक्त टिप्सलाई 'धेरै ठुलो उदार' भनेकी छिन। आभार ब्यक्त गर्नेको सबै भन्दा सरल तरिका टिप्स नै हो तर यसको प्रभाब धेरै महत्त्वपूर्ण हुने एकुशले बताईन। टिप्स दिने ग्राहकले उक्त टिप्स सबैले समान रुपमा बाडेर लिन भनेका छन। 

एकुशले अहिलेसम्म यस रेष्टुरेन्टमा यत्तिको धेरै टिप्स कसैले पनि नपाएको उल्लेख गरेकी छिन। यत्तिको ठुलो रकम टिप्समा आउनु रेष्टुरेन्टका लागि ठुलो अर्थ राख्ने बताउदै एकुशले यसको यसको मुख्य श्रय सेफ बाबुलाई जाने वताएकी छिन। - बिबिसीबाट   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved