'उत्कृष्ट बालकथा सङ्ग्रह' बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत २४ । बालकथाकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको सम्पादनमा रहेको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ बजारमा आएको छ । कृतिमा बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समाबेश छन् ।

ट्रिनिटी प्रकाशन प्रालि काठमाडौंले प्रकाशन गरेको उक्त सङ्ग्रहभित्र बालकथाकार अमर न्यौपानेको ‘पाहुना, शान्ता गौतमको ‘मुस्लेभूत र ममता’, गोपीकृष्ण ढुंगानाको ‘सानो पत्रकार’, शुषमा मानन्धरको ‘फाटेको जुत्ता’, जितेन्द्र रसिकको ‘पेन्सिलको अदालत’, हरिहर तिमिल्सिनाको ‘गन्धे र बास्ने’, ललिता दोषीको ‘जाल’ लगायतका २५ उत्कृष्ट बालकथाहरु समेटिएका छन् ।

यसैगरी, माधव सयपत्री, कमला अत्री, सुदर्शन अधिकारी, अधिकारी कुमार अनल, पेशल आचार्य, धनबहादुर थापा, कार्तिकेय घिमिरे, शम्भु सुस्केरा, छायादत्त न्यौपाने, चन्द्रमा पौडेल, वेदमणी घिमिरे, यशु श्रेष्ठ, श्रीबाबु कार्की उदास, ऋषिराम पाण्डे, रमेश गिरी आशा, नरेन्द्रकुमार नगरकोटी, सवनम थापा, तिलकप्रसाद सापकोटाका बालकथा समेटिएका छन् ।

आकर्षक आवरणमा रहेको यो बाल कथा सङ्ग्रह आवरणसहित १ सय १६ पृष्ठको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved