‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पुस २५ । संञ्चारकर्मी तथा स्रष्टा जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक भएको छ । शुक्रबार भक्तपुर साहित्यिक समाजको स्थापना दिवशको अवशर पारेर उक्त कृति लोकार्पण गरिएको हो । स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको उक्त कथा कृतिभित्र पेन्सिलको अदालत, क्यामेराको झगडा, काग र कोइलीको विहे, एलियनको पृथ्वी भ्रमण, टाइक्यापे खैरे, लाँकुरी र काजी शिर्षकमा ६ वटा कथाहरु समेटिएका छन् ।

प्रकाशित सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हाँसिल गर्न सक्ने कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी सुवेदीले बताए । बालकथाकार रसिकले बालबालिकाहरु मुछिएका माटो र स्रष्टाहरु कलाकार भएको बताए । उनले मुछिएका माटोलाई स्वरुप दिने र देशको बगैंचा सिंगार्ने काम स्रष्टाहरुले गर्नुपर्ने भन्दै सभ्य र विकासशिल राष्ट्रको कल्पना गर्नु अघि देशका बालबालिका कुन स्थानमा छ र कुन स्थानमा पु¥याउनु पर्ने हो भन्ने निक्र्यौलमा अभिभावक र बुद्धिजीविहरु पुग्न आवश्यक रहेको बताए ।

बालबालिकाहरुको बौद्धिक क्षमताको वृद्धि र जाँच गर्दै समाजमा उनीहरुको भूमिका स्थापित गर्दै देशको सच्चा नागरिक बनाउन साहित्यले पनि ठूलो भूमिका खेल्नुपर्ने जोड दिए । उनले नेपालको सन्दर्भमा सबै बालबालिका बालसाहित्यका पहुँचमा नरहेको र बालबालिकालाई विद्यालयकै पाठ्यक्रम घोकाउने परम्परा अझै हट्न नसकेको बताए । पाठयक्रम भन्दा बाहिरको ज्ञान बटुल्ने बालबालिकाको अधिकार सुनिश्चित गर्न पनि बालसाहित्यकारहरुले आवाज बुलन्द गर्न आवश्यक रहेको प्रष्ट पारे ।

कार्यक्रममा सभापति तथा भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मिले एलियनको पृथ्वी भ्रमण कथा कृति बालबालिकाको लागि समय परिवेश अनुसारको खुराक भएको बताए । कार्यक्रममा बालकथाकार तथा समालोचक कार्तिकेय घिमिरेले कृतिको समक्षिा गरेका थिए । उनल रसिकका सबै कथाहरु अव्वल रहेको बताए । कार्यक्रममा समाजसेवी कृण्ष्णलाल प्रधानलाई समाजको मानार्थ सदस्यता प्रदान गरिएको थियो भने समाजको ५२औं नियमति साहित्यिक शृङ्खला समेत संचालन गरिएको थियो ।

त्यस्तै साहित्यकार तथा बाल पत्रिका कोपिलाका संयोजक दामाद न्यौपानेले नेपालको बालबालिकाको अवस्था र बाल साहित्य बारे प्रस्ट्याएका थिए । कार्यक्रममा काभ्रेको जुनकीरी साहित्य अभियान, ज्योतिष्मति साहित्यसमाज, ज्योति साहित्यसमाज, सामाखुसी साहित्य समाज, तरेली साहित्य प्रतिष्ठान, लगायत दर्जन भन्दा बढी साहित्य संस्था सहभागी रहेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved