प्रकाश सपुतको ‘गलबन्दी’ करोड क्लबमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 04:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank
पछिल्लो समय निकै चर्चामा रहेको ‘गलबन्दी’ले युट्युबमा एक करोड भ्युअर्स पाएको छ । बजारमा आएको १८औँ दिनमा गीतले करोड बढी भ्युअसै पाएको हो । यो रिर्पोट तयार पार्दासम्म १ करोड ३ लाख ११ हजार २ सय भ्युअर्स छन् । गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर एकमा यथावत छ । 

मौलिक र गाउँले परिवेशमा तयार पारिएको यस गीतमा प्रयोग भएका संवाद (डाइलग) हरु जनजिब्रोमा झुण्डिएका छन् । ‘ढिलो आयो कडा आयो’ ‘हल्का ग्यास्ट्रिक’ लगाएतका डाइलग यतिबेला चर्चित छन् । 

बोलमायाको प्रीक्वेलको रुपमा निर्माण गरिएको गलबन्दीलाई गायक प्रकाश सपुत र शान्तिश्री परियाले  स्वर दिएका छन् । गितको शब्द संगित गरेका प्रकाशले भिडियोको निर्देशन पनि आफैँले गरेका हुन् । 

भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीले अभिनय गरेका छन् । यस गीतमा अभिनय गरेपछि अञ्जलीको माग बढेको छ । 
भिडियोको लागि:-


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved