बिदाको दिन नपर्दा पनि कबिर सिङको दमदार ओपनिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 08:25:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शाहिद कपुरको कबिर सिङले दमदार ओपनिङ गरेको छ । २० करोड २१ लाखको ओपनिङ कलेक्सन गर्दै कबिर सिङ बर्ष २०१९ को चौथो धेरै ओपनिङ गर्ने फिल्म बनेको छ ।

यो बर्ष रिलिज भएको भारतले सबैभन्दा धेरै ४२ करोड ३० लाख भारु, कलंकले २१ करोड ६० लाख भारु र केशरिले २१ करोड ६ लाख भारुको ओपनिङ गरेका थिए । यि सबै चलचित्र बिदाको दिन पारेर रिलिज गरिएको थियो तर  कबिर सिङ शुक्रबार  रिलिज भएको थियो । 

कन्टेन्ट राम्रो भयो भने बिदाको दिन नपर्दा पनि फिल्मले राम्रो ओपनिङ गर्न सक्छ भन्ने उदाहरण हो कबिर सिङ ट्रेड एनालिष्ट तरण आर्दशले बताए ।

२१ जुन देखि रिलिज भएको कबिर सिङको निर्देशक सन्दिप रेड्डि भंगा हुन् । फिल्ममा शाहिद कपुर र कियरा आड्वानिको प्रमुख भुमिका रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved