कबिर सिंह शाहिदको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म

दिलिप खड्का

दिलिप खड्का

Jun 25, 2019 | 08:58:22 AM मा प्रकाशित

laxmi  sunrise bank

शाहिद कपुर र कियरा आड्वानि अभिनित चलचित्र कबिर सिंहले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । २१ जुनबाट विश्वब्यापि प्रदर्शनमा आएको फिल्मले शुरुको हप्तामा ७० करोड ८३ लाखको कमाइ गरेको छ । ट्रेड अनालिष्ट तरण आदर्शको अनुसार फिल्मले पहिलो दिन २० करोड २१ लाख, दोश्रो दिन २२ करोड ७१ लाख र तेश्रो दिन २७ करोड ९१ लाख भारु कमाइ गरेको छ । 

सन्दिप भंगाको निर्देशनमा बनेको कबिर सिंह शाहिद कपुरको करियरकै सोलो एक्टरको भुमिका निभाएको सबैभन्दा बढि कमाइ गर्ने फिल्म बनेको छ । यो भन्दा पहिला सन् २०१३ मा प्रदर्शन भएको फिल्म आर राजकुमारले शाहिदको करिअरकै सबैभन्दा धेरै ६६ करोड भारु कमाइ गरेको थियो । शाहिद को-स्टारको भुमिकामा रहेको फिल्म पद्मावतले सबैभन्दा बढि ३ सय २६ करोड भारु कमाइ गरेको थियो तर यसमा मुख्य भुमिकामा रनविर सिंह र दिपिका पादुकोण थिए । 

शाहिदको करिअरको तेश्रो धेरै कमाइ गर्ने फिल्म हैदर रहेको छ जसले ६० करोड भारु कमाइ गरेको थियो । बिशाल भारद्वाजको निर्देशन रहेको हैदरमा शाहिद र श्रद्धा कपुरको प्रमुख भुमिका रहेको थियो ।

सन् २०१५ मा रिलिज भएको चलचित्र शानदार शाहिदको चौथो धेरै कमाइ गर्ने फिल्म हो । फिल्मले ४३ करोड भारु कमाइ गरेको थियो । शाहिदको अलावा फिल्ममा आलिया भाटको प्रमुख भुमिका रहेको थियो । फिल्मलाइ बिकास वलले निर्देशन गरेका थिए ।

बिशाल भारद्वाजको निर्देशन रहेको कमिने शाहिदको करिअरको पाँचौ धेरै कमाइ गर्ने फिल्म हो । फिल्मले ४१ करोड ४२ लाख कमाइ गरेको थियो । फिल्मले नेशनल फिल्म अवार्डको जुरि अवार्ड प्राप्त गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved