गाईजात्रा ब्यङ्ग : यहाँ जे गरे नि हुन्छ !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 11:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव धिताल


हो यहाँ जे गरे पनि हुन्छ, 

यहाँ जसले जे गरे पनि हुन्छ, 

यहाँ एकै हप्तामा दुई जना आईजीपी नियुक्त गरे पनि हुन्छ, 

मन नपरे प्रधान न्यायधिसलाई नै पाखा लगाईदिए हुन्छ, 

सहमति भयो भन्दै तिनैलाई फिर्ता ल्याएपनि हुन्छ,

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


यहाँ बाटो काट्ने बटुवासंग जरिवाना असुले पनि हुन्छ,

पैसा नदिए तिनलाई दिउँसै थुनिदिए पनि हुन्छ, 

सडकमा भल बगाई दिए पनि हुन्छ, 

बीच सडकमा खाल्टो खने पनि हुन्छ, 

एकै सडक महिनै पिच्छे भत्काए पनि हुन्छ,

असार लागेपछि त्यसलाई पिच गरेपनि हुन्छ, 

पिच नगरे के भो र ? त्यही धान रोपेपनि हुन्छ, 

बजेट सक्न असारमा डोजर चलाए हुन्छ, 

कहिल्यै गाडी नगुड्ने सडक मर्मत गरेपनि हुन्छ,

अझै बजेट नसकिए विदेश भ्रमणमा गए हुन्छ,

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


यहाँ प्रधानमन्त्रीले फरार अभियुक्त भेटेपनि हुन्छ, 

पिडीतले न्याय नपाएर के भो र, 

पीडकलाई क्षतिपूर्ति दिए हुन्छ, 

९ महिना मै प्रधानमन्त्री फेरे हुन्छ, 

१० दिनलाई मन्त्री बन्न सरकारमा गए पनि हुन्छ, 

मन लागेपछि सार्बजनिक बिदा पारीत गराए पनि हुन्छ, 

राजिनामा दिएर धुमघाम गरेर आएपछि फेरी त्यहि पदमा बसेपछि हुन्छ, 

आफ्नै छोरालाई पदकको लागि सिफारिस गरेपनि हुन्छ, 

बिरोध भएपछि मलाई चाहिया छैन भने पनि हुन्छ, 

जनता भोक भोकै भएर के भो , 

राष्ट्रपतिलाई करोडौको गाडी किने हुन्छ, 

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


सांसदहरु बैठकमा नगए पनि हुन्छ, 

भत्ता चै गनीगनी लिनलाई हुन्छ, 

मन लाग्या बेला गयो,

नत्र त्यही संसद बहिस्कार गरेपनि हुन्छ, 

अरु नीति नियम मतलब छैन,

आफ्नै तलब बढ्ने विधयेक मात्र पास गराए हुन्छ, 

बैशाखको चुनाव असोजमा सारे पनि हुन्छ, 

हार्न लागेपछि मतपत्र च्याते पनि हुन्छ, 

त्यहि मत पत्र च्यात्नेलाई सम्मान गरेपनि हुन्छ, 

समय मै निर्बाचन नसकिने भएर के भो र ? 

संसदको म्याद थपिदिए पनि हुन्छ, 

सांसद संख्या हजार बढी बनाउन खोजेपनि हुन्छ,

एकै चुनाव २ प्रधानमन्त्रीले गरे पनि हुन्छ, 

चुनावको बीचमा बजेट ल्याएपनि हुन्छ,

त्यहि बजेट एउटाले ल्याऊछ, पास अर्कै सरकारले गरेपनि हुन्छ, 

आचार संहितालाई अचार संहिता बनाए पनि हुन्छ,

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


डाक्टरले मिर्गौला झिकिदिए हुन्छ, 

अस्पताल मै आन्दोलन गरेर बिरामीको उपचार नगरेपनि हुन्छ, 

व्यवसायीले मिसावट सामान बेचेपनि हुन्छ, 

अनुगमनवालासँग सेटिंग गरेपछि गुणस्तरको के कुरा, 

दालमोठमा पहेलो ढुंगा हालेर बेचेपनि हुन्छ,

नाफा गर्न प्लास्टिकको चामल बेचे पनि हुन्छ,

बफ मम भित्र अरु नै मासु हाले पनि हुन्छ,

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


पत्रकारले कपि पेस्ट समाचार लेखेपनि हुन्छ, 

लाख रुपियाँको बार्गे्निंङग गरेर धम्कि दिए पनि हुन्छ,

जिउँदो व्यक्तिलाई मर्यो भन्दिए पनि हुन्छ, 

दलालले कमिशन पाईन भनेर कारोबार बन्द गरे हुन्छ, 

राष्ट्र बैंकले प्रतिबन्धित भारू नसाटेपनि हुन्छ, 

बैंकले एकै हप्तामा २ पटक ब्याज बढाई दिए पनि हुन्छ,

भूकम्पको पुनकर्जा ऋण चै लुकाएर आफ्नैलाई बाढेपनि हुन्छ,

राहत सामग्री कुहिएर गएपनि हुन्छ,

भूकम्पपीडित भोकभोकै खाली आकाशमुनि सुतेपनि हुन्छ, 

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


बिश्वबिद्यालयले विद्यार्थीको उत्तर पुस्तिका हराईदिए पनि हुन्छ, 

एकै देशमा दुई मुख्य सचिव भए पनि हुन्छ, 

सत्ता टिकाउन मन्त्रीको संख्या असिमित बनाए पनि हुन्छ, 

सरुवा बढुवामा नियम मिचे पनि हुन्छ, 

अपराधी समात्ने डीएसपीको सरुवा गरेपनि हुन्छ, 

जनता सिटामोल नपाएर मरेर के भो र !

ठुलाबडा ब्लड प्रेसर चेक गराउन थाईल्याण्ड गएपनि हुन्छ, 

ठुलाबडा ब्लड प्रेसर चेक गराउन थाईल्याण्ड गएपनि हुन्छ, 

हो यो नयाँ नेपाल हो, यहाँ जे गरे पनि हुन्छ ।


साभार: कामना मासिक 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved