दशैँमा मासु कसरी पकाउने र सुरक्षित राख्ने ?

यसरी चिन्न सकिन्छ बिग्रेको मासु
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 03:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टर केदार कार्की 

दशै सुरु भएको छ, दशैँ भन्ने वित्तिक्कै मासु खाने चाडका रुपमा लिईन्छ । त्यसो त मासु जथाभावी पकाएर, जस्तो पायो त्यस्तै गरी खाने कुरा पनि भएन । दशैँमा अन्य दिनमा खाईनेभन्दा धेरै मासु खाईन्छ नै । यो समयमा घरमा मासुको मात्रा पनि बढी हुन्छ । यस्तो अवस्थामा मासुमा संक्रमण भएको कसरी थाहा पाउने र कसरी सुरक्षित राख्ने भन्ने विषयमा डाक्टर केदार कार्कीको सुझाव यस्तो छः

मासु शब्दको अर्थ धेरैले धेरै तरिकाबाट दिने गरेका छन् तर मेडिकलको भाषामा मासु भन्नाले पशु तथा पंक्षीहरुलाई काटेर तीनका शरीरमा हुने मानिसले खान मिल्ने तन्तुलाई बुझिन्छ । तर यसरी तयार गरिएको मासु पकाउदा वा राख्दा ध्यान पुर्याईएन भने मासु विग्रिन सक्छ । यसबाट मासुको स्वाद विग्रिने मात्रै नभई मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्छ । मासुमा जिवाणु विषाणु तथा संक्रमण अनि तीनले मासुजन्य तन्तुमा गर्ने आफ्ना फोहोरी कामले मासु कुहिन सक्छ । यस्ता जिवाणु विषाणु जसलाई हामीले काट्छौ त्यहीबाट पनि आउन सक्छ । त्यसका अलवा खसी वा कुखुरा जे हामीले काट्छौ, काट्ने मान्छेबाट पनि जिवाणु सर्न सक्छ । त्यति मात्रै नभई मासु काट्न प्रयोग गरीने हतियार, पानी, अचानो लगायतका औजारबाट पनि सर्न सक्छ ।

मासुमा हुन सक्ने संक्रमणः

मासु विगार्न सक्ने जिवाणु, विषाणु वध गरिने पशु जिवित हुदै पनि हुन सक्छन । पशु हेर्दा स्वस्थ देखिए पनि सुसुप्त अवस्थाको संक्रमण रहेछ वा वध गर्ने स्थलको सरसफाईको अवस्था, वध गर्ने कार्यमा संलग्न व्यक्तिको स्वास्थ्य एवं व्यतिmगत सरसफाईको अवस्था सरसफाईमा प्रयोग हुने दुषित फोहोर पानी तथा वध गर्न तथा मासु काट छाट गर्न प्रयोग गरिने सामाग्री र औजारले पनि मासुमा प्रदुषण गराउछ ।

पशुमा एनथ्राक्स, क्षयरोग, व्रुसेलोसीस, सालमोनेलोसीस, लिष्ट्रीयोसीस, ट्राइकोनोसीस, टिनीएसीस, नाम्ले रोग आदि लाग्न सक्छ । यी रोग लागेका पशुको मासु खाँदा मानिसमा सर्न सक्छ । यस्ता रोगी पशुहरु सकभर वध अघि नै गरिने जांचबाट निषेध गरिनु पर्छ, ताकी यिनका मासु मानिसको खाद्य श्रृंखलामा नपरुन ।

यसरी प्रदुषण गराउने श्रोत भनेका वध गरीने पशुको रगत अनी लादिलाई प्रमुख मानिन्छ । यसैले रगत, आन्द्रा, भुँडि अनी भित्रियान्सलाई मासुको श्रेणिमा राखिन्न । वधस्थल, वधशाला अनी मासु काट छाँट गर्दा, पोको पार्दा, ओसार पसार पार्दा मासु प्रदुषण गर्न सक्ने जीवाणुमा, सालमोनेला सिगेला, इकोलाइ, प्रोटीयस, स्टाफकोकस, कलस्ट्रीडियम, वेलचाइ, व्यासीलस, औरिएस, तथा गोबर लादीबाट आउने स्ट्रेपटोकोकस पर्छन । यी जीवाणु हाम्रा वधस्थलको सरसफाइ प्रयोग गरीने पानी अनि सामाग्री औजार कामदारबाट प्राप्त हुन्छन् । भँुईमा नै गरिने काट छाटमा धुलो हिला, माटोमा मासु लतपतिन पुग्यो भने क्ल्सस्टीडियम, वोटुलीनम, अनि ढुशीहरुमा पेनिसीलीयम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरीया, स्पोरोट्राइकम अनि थामनीडियम हामीले भन्ने गरेको मासुमा मिस्सी प्रदुषण गराउन सक्छन ।

यी जीवाणु, विषाणु तथा ढुशी मासुको टुक्रामा सजिलै सर्छन र मासुको प्राकृतिक स्वरुपलाई विगार्छन । त्यस्ता मासुको प्रयोग गर्दा झाडा पखाला लाग्छ । राम्ररी मासु पकाएमा यस्ता जीवाणु विषाणु, ढुशी त नष्ट हुन्छन तर तीनले उत्पादित विषाक्त र पूरै भने नष्ट हुदैनन् । तर यस्तो मासु खाने व्यक्ति स्वस्थ छ भने उसको शरीरले प्रतिरक्षा गर्न सक्छ तर सकेन भने मानिस विरामी पर्छ । पशुवधशालामा पशु वध अघि गरिने जाँच तथा पशु वध पछि गरिने जाँच क्रममा सम्बन्धित रोग अनुशार गरिने विविध खाले प्रयोगशाला परिक्षणबाट थाहा पाउन सकिन्छ । सम्पूर्ण मासु उद्योगमा रोक्न सकिने जती जोखिम रोक्नुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । सफा पानकिो प्रयोग गर्नुपर्छ । हतियार सफा राख्नुपर्छ, आन्द्रा धोएपछि निस्कने लादीको सहि विसर्जन गर्नुपर्छ । यस्ता सुधारको उपाय अपनाईयो भने केहि गर्न सकिन्छ ।

विग्रेको मासुमा देखिने लक्षणः

मासु संचय गर्दा उपलब्ध अक्सिजनका आधारमा वा उपलब्ध हुन नसक्दाको आधारमा मासुको स्वरुपमा आउने परिवर्तनका अनुसार मासु विर्गेको थाहा पाउन सकिन्छ । जस अनुसार अक्सिजन उपलब्ध भएको अवस्थामा जीवाणुको विकास हुने हुँदा साथै ढुशीको पनि यस्ता विग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको साटो, फिक्का वा कालो निलो हुने, ग्यास उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ । अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु विगारेमा, मासु कुहिन, ग्याँस उत्पादन तथा अमिलो हुन सक्छ ।

मासु संचय गर्ने र्नैै हो भने ० डिग्री फरेनहाईट वा त्यो भन्दा कम तापक्रम मा राख्ने । त्यसो गरियो भने मासुजन्य तन्तुमा हुने सबै खाले गतिविधि निस्कृय पार्छ र मासुको गुणस्तर विर्गान सक्ने सबै खाले विषाणु ,जिवाणु तथा ढुशी को प्रदुषण संक्रमणबाट बचाउछ । चिस्यार राखेको मासु अलीकती बासी जस्तो लाग्न सक्छ । त्यही तापक्रममा तयार गर्नुहोला वा प्रेशर कुकर मा पकाउनु होला ।

मासु सुरिक्षत गर्ने विधिः

क) चिस्याउने

ख) पकाउने

ग) जल विग्रहीकरण

घ) रसायनको प्रयोग

ङ) अम्ल्याउने

च) विकिरण गर्ने

चिस्याएर राखेको मासु लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । रांँगाको मासु १२ महिना, बंगुर बदेलको मासु ६ महिना, खसी, बोका, भेडा च्याङग्राको मासु ६ देखि ९ महिना कुखुराको मासु ३ देखि ६ महिना सम्म राख्न सकिन्छ ।

मासु किन पकाईन्छ ?

मासुलाई अत्याधिक तापक्रममा पकाउदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जिवाणु, विषाणु नस्ट हुन्छन् । यस वाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइटमा तताइ सुरक्षित गर्न सकिन्छ । यस तापक्रममा सबै नभए पनि धेरै जिवाणु विषाणु नष्ट हुन्छन । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखि संरक्षण गर्नु पर्ने हुन्छ । यस वाहेक यदि मासुलाई २५० डिग्री फरेनहाइटमा पकायो भने हाम्रो स्वास्थ्यका लागि असर पार्न सक्ने सबै खाले जिवाणु विषाणु नष्ट भएर जान्छन । यसरी पकाएको मासु अलि लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । यस वाहेक मासुलाई जलविग्रहिकरण गरि सुरक्षित राख्न सकिन्छ, त्यो हो सुकुटी ।

यस वाहेक हाम्रो परम्परागत मरमसालाको प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ । यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैनन बरु मासुको स्वाद नै मिठो पार्छ । हेर्दैमा खाउ खाउ लाग्ने बनाउछ । साथै धेरै दिन सुरक्षित राख्न मद्दत गर्छ । यसरी प्रयोग गर्ने मसला प्राकृतिक हुनुपर्छ । यस वाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षित गर्न सकिन्छ । यसो गर्दा मासुमा हुने कार्वोहाडेटलाई अम्ल अर्थात एसिडमा परिवर्तन गर्नु पर्ने हो जसको असरका कारण मासु जिवाण, विषाणुको संख्या वृद्धि हुदैन जसले मासु विग्रनवाट बचाउछ ।

अन्यत्रका अभिलेख हेर्ने हो भने मासुलाई विकिरणको माध्यमवाट पनि संरक्षित गरिन्छ । दशैमा तपाईले बध, वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रोसँग तताउनु नै वेश हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved