शिव परियारको स्वरमा ‘माया नेपाली’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 09:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली नयाँ वर्षको अवसरमा शिव परियारको स्वर रहेको ‘माया नेपाली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । टीएन रेग्मीको शब्द र प्रकाश नेपालीको संगीत रहेको उक्त गीत रेग्मीको ‘मर्यादा’ शीर्षकको गीतिसंग्रहमा समावेश छ ।


निकेश खड्काले निर्देशन गरेको भिडियो अर्जुन तिवारीको छायाङ्कन तथा निशान घिमिरेको सम्पादनमा तयार भएको हो । देवेन्द्र नेवाको संगीत संयोजन रहेको गीतको कोरियोग्राफी राजीव समरले गरेका छन् ।

 ठेट नेपाली शब्द र प्रेमिल भावमा नेपालको विविधतालाई समेटिएको गीतको भिडियोमा बेनिशा हमाल र अमृत रिमालले अभिनय गरेका छन् । पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved