यसरी सम्भव भयो उज्यालो नेपालको सपना (हेर्नुस चलचित्र)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 06:31:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई उठाएर चलचित्र “उज्यालो नेपाल” निर्माण गरिएको छ । यस चलचित्रलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो।    

यस चलचित्रमा लोडसेडिङको कारण, यसको प्रभाब र उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिका परिर्वतनलाई देखाइएको छ।  

 चलचित्रमा अभिनेता राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने बरिष्ठ क्याप्टेन विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । 

शुभ मिडिया होम प्रालिले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved