कसरी पत्नी सहित नेपाल आईपुगे 'डोनाल्ड ट्रंप', हेर्नुस फोटो र भिडियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 11:03:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप नेपाल आए भन्दा बिश्वास लाग्दैन । लागोस पनि कसरी ? किनभने बहालवाला अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नेपाल भ्रमण गरेको इतिहास छैन।

तर तपाई बेलुकाको समयमा  प्रज्ञा प्रतिष्ठान जानु भयो भने तपाईलाई साच्चै नै ट्रंप नै आएछन कि क्या हो जस्तो लाग्न सक्छ । त्यहाँ चलिरहेको तिते, जिरे , ब्रेक फेलमा ठ्याक्कै ट्रम्प जस्तै व्यक्ति देख्न सक्नु हुन्छ । कपाल, अनुहार, हाउभाउ, सबै ठ्याक्कै ट्रंपको जस्तै गरी देखिने व्यक्ति त्यहा फेला पर्छन। ट्रंप पत्नी जस्ती देखिने व्यक्ति पनि त्यहि हुन्छन । 

तर यी न त् ट्रंप हुन् , न त् कोहि अमेरिकी नागरिक नै । ति व्यक्ति हुन् नेपाली हास्यकलाकार मनोज गजुरेल । हो ति यिनै गजुरेल हुन्, जसले हरेक बर्ष गाईजात्रामा विभिन्न व्यक्तिहरुको रुप धारण गर्छन र दर्शक हसाउछन् । गजुरेलले पुर्व राजा ज्ञानेन्द्र शाहदेखि पुर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, प्रचण्ड, बहालवाला प्रधानमन्त्री शेर बहादुर देउवाको भेषमा गाईजात्रा प्रस्तुत गरिसकेका छन् । त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,  अख्तियारका पुर्व प्रमुख लोकमान  सिंह कार्कीदेखि पुर्व मन्त्री लाल बाबु पण्डित सम्मको अभिनय गर्न भ्याईसकेका छन् ।  यस पटक भने गजुरेलले ट्रंप रोजेका हुन्  । 

ट्रंप पत्नीको रुपमा रहेका व्यक्ति हुन् चक्र दवाडी  । 

गजुरेल ट्रंप कै लवजमा 'नो, दिस इज फेक, आइ एम रियल' भन्छन् जसले दर्शकको मन जित्छ । 

फोटो र भिडियोमा हेर्नुस कसरी ट्रंप बने मनोज गजुरेल । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved