भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (फोटो भिडियो सहित )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 08:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन् । म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छन् । त्यस्तै प्रकाश राईको सिनेमाटोग्राफी रहेको छ ।

‘विस्तारै विस्तारै’ गीतको सफलतासँगै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।हाल अमेरिकामा रहेकी गायिका वर्षाले पहिलो गीत जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने आशा गरेकी छन् । 

‘म सधैं आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमा पनि दर्शकलाई नयाँपन दिन खोजेकी छु,’ वर्षाले भनिन् ‘विदेशमा बसेर पनि नेपाल र नेपाली गीत÷संगीतिक क्षेत्रलाई विश्वमा परिचित गराउने सोच बनाएकी छु ।’





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved