टिभिएसको स्मार्ट स्कुटर नेपाली बजारमा, यस्ता छन् मुल्य र विशेषताहरु

दिलिप खड्का

दिलिप खड्का

May 24, 2019 | 12:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएसले नेपाली बजारमा टिभिएस एनटर्क स्मार्ट स्कुटर ल्याएको छ । टिभिएसको नेपाली बिक्रेता जगदम्बा मोर्टसले नेपाली बजारमा स्कुटर ल्याएको हो ।

जगदम्बा मोर्टसले बजारमा ल्याएको एन्टर्कको ड्रम र डिस्क स्कुटरमा स्मार्ट सुबिधा रहेको छ। स्कुटरमा डिजिटल मिटर जडान गरिएको छ । एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर टिभिएस एन्टर्क नामक एप डाउनलोड गरि आफ्नो फोनलाइ ब्लुटुथ मार्फत स्कुटरमा कनेक्ट गर्न सक्छन । कनेक्ट भइसकेपछि डिजिटल मिटरमा लोकेशन देखाँउछ । चालकले फोनमार्फत आफु पुग्नुपर्ने स्थान फोनमा सेट गरेपछि डिजिटल मिटरमा नक्सा देखाउछ । जसको कारण चालकले जुनसुुकै नयाँ ठाउँको लोकेशन सजिलै पत्ता लगााएर यात्रा गर्न सक्छन् । स्कुटरमा मोबाइल कनेक्ट भैरहेको बेला यदि फोन आयो भने  म स्कुटर स्कुटर चलाइरहेको छु भनेर अटोमेटिक म्यासेज जान्छ  ।

एन्टर्कको डिस्क स्कुटरमा स्टार्ट भएको बेलामा बन्द गर्नको लागि स्वीच मार्फत बन्द गरेर स्विच मार्फत नै अन गर्न मिल्ने सुविधा पनि रहेको छ । स्कुटरको डिकिभित्र मोवाइल चार्जिङको  सुविधा रहेको छ ।

स्कुटरमा रहेको सिङगल सिलिन्डर १२४.८ सिसिको इन्जिनले ९.२७ बिएचपि पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरमा ५ लिटर फ्युल ट्याङक गर्न सक्ने क्षमता रहेको छ, १५५ एमएम ग्राउण्ड क्लियरेन्स, टेलिस्कोपिक सस्पेन्सन, अलोय व्हिल लगाएतको विशेषता रहेको छ ।

स्कुटरको ब्याट्रि, सक र डिजिटल मिटिरमा १ बर्षको ग्यारेन्टि, इन्जिनमा ५ बर्षको वारेन्टि, ३० हजार किमि सम्म चलाउँदा इन्जिनमा केहि समस्या आयो भने नयाँ फेरिदिने कम्पनिले बताएको छ । स्कुटर खरिद गर्दा ग्राहकले एउटा हेल्मेट निशुल्क प्राप्त गर्न सक्नेछन् । स्मार्ट स्कुटरको सर्भिसिङ १३ चोटिसम्म गर्न सकिनेछ ।  ६ वटा सर्भिसिङ कुपन कम्पनिले ग्राहकहरुलाइ स्कुटर खरिद गर्ने बेलामा निशुल्क प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।

एनटर्कको ड्रम स्कुटरको मुल्य रु २,१४,९०० रहेको छ भने डिस्क भएको स्कुटरको मुल्य रु २,२४,९०० रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved