बिद्युतीय एसयूभी एमजी जेडएस गाडीको प्रिबुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 04:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक मोटर्सले ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्ने जनाएको छ ।

नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागको साथमा प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट राखिएको छ । गाडीमा ३ वटा ड्राइभिङ मोडहरु रहेका छन् जसले गर्दा ड्राइभरले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।

जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।  

कारको शुरुवाती मुल्य रु ४९ लाख ९९हजार रहेको छ र यस मुल्यमा ७ कि.वा. एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध जेडएस नेपालमा सेप्टेम्बरदेखि वितरण हुनेछ मोटर्सले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved