नेपाल र जर्जियाको चेम्बरबीच ९ बुँदे सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 07:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबिच ९ बुँदे सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा दुई देशको व्यापारिक, आर्थिक सम्बन्ध तथा लगानीको विकास प्रगाढ एवं सुदृढ बनाउनको लागि समझदारी गर्ने उल्लेख गरिएको छ । 

जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गर्ने सम्झौतामा उल्लेख गरिएको छ । साथै दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा  प्रर्दशनीमा सहभागि हुने उल्लेख छ ।

कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताउँदै सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको र सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागेको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताको लागि अनुरोध गरे । 

सन् २०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब रु २३ लाखको व्यापार घाटा सहनु परेको थियो जसमा  २९ लाखको आयात गरेको र ६ लाख ७० हजारको मात्र निर्यात गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved