पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल ट्रकमा ठोक्किदा चालकको मृत्यु

रासस

रासस

Jul 23, 2019 | 07:02:34 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवन–नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।  

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

 पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved