गुल्मीमा पहिरो: ६ जनाको मृत्यु, ५ बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 07:59:40 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

गुल्मीकाे सत्यवति गाउँपालिकामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गाउँपालिकाको लिम्घा र ठुलो लुम्पेकमा पहिरो गएको हो । पहिरोमा दुई जना घाइते भएका छन् ।

दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए ।

त्यस्तै गाउँपालिकाको ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण लुम्पेकका तिल कुमारी तरामु र दर्शन तरामुको पुरिएर ज्यान गएको हो ।

बेपत्ताको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved