गाडी आयातमा कडाई गर्ने सरकारको निर्णय, मौद्रिक नीतिमा के आउँला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2019 | 08:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्यायो । त्यसको दुई दिन अघि १३ गते नै सरकारले व्यापार घाटा न्यूनीकरण गर्ने कार्ययोजना पारित गर्यो । विलासिताका साधन प्रयोगमा केही कठोर बन्ने र मुख्यतः व्यापार घाटा कम गर्ने योजनामा सरकार छ ।

सामान्यतयः असार महिनाभित्रै आउनुपर्ने मौद्रिक नीति साउनको पहिलो हप्तासम्म पनि आएको छैन । राष्ट्रि बैंकका अधिकारीहरु यो वर्ष केही जटिलतालाई पन्छाउने गरी नीति आउने भएकाले केही ढिला भएको बताउँछन् । 

बजेटमा पनि उल्लेख भएको विषय हो, साना सवारी साधनलाई विलासिताको वस्तुको मान्ने र सहुलियत कम गर्ने । मौद्रिक नीतिले पनि अब गाडी आयातका लागि ट्रस्ट रिसिप्ट ९टीआर० मा ऋण नदिने व्यवस्था लागू गर्ने हो कि भन्ने चासो चुलिएको छ ।

गत वर्षपनि सरकारले साना सवारी साधनलाई विलासि साधनका रुपमा लिएर भन्सारदर वृद्धि गरेपछि  नेपालमा सवारी साधनको आयात घट्यो । व्यापार घाटा घटाउन यसो गरिएपनि फलस्वरुप यो योजना पनि सफल नदेखिएको व्यवसायीको तर्क छ । साना सवारीको भन्सारदर बढाएकै कारण सरकारको राजस्व संकलन लक्ष्यमा असर परेको अटोमोबाइल्स व्यवसायीको टिप्पणी छ ।

व्यवसायीले कथमकदाचित बजेटमा भनिएजस्तै मौद्रिक नीतिमार्फत पनि टीआर लोन नदिने व्यवस्था लागू भएमा व्यवसायीले गाडी किन्न नै नसक्ने अवस्था आउँछ । यो ऋण नदिएमा व्यवसायीले अग्रिम भूक्तानी गर्न नसक्ने र व्यवसाय नै धरापमा पर्ने उनीहरुको गुनासो छ । 

टीआर लोन पाउँदै आएका व्यवासायीले गाडी आयात गर्न नेपाली बैंकमार्फत प्रतितपत्र ९एलसी० खोल्ने गरेका छन् । बैंकमा एलसी खोलेपछि व्यापारीले कुन देशबाट गाडी ल्याउने हो, त्यहाँ सहजै सम्पर्क गर्छन् । व्यवसायीले गाडी ल्याएपछि गाडीको मूल्यको ९० प्रतिशतसम्म भुक्तानी गर्छन । यसरी आएका गाडी बिक्री पश्चात मात्रै पैसा तिर्ने सहमति अनुसार व्यवसायीले बैंकसँग ऋण लिन्छन् । 

नेपाल अटोमोबाइल्स डिलर्स एशोसियसनका उपाध्यक्ष कृष्ण प्रसाद दुलाल उद्योग मन्त्रालयले नबुझेर मन्त्रिपरिषद्मा पठायो र मन्त्रिपरिषद्ले त्यसैलाई पास गराएको बताउँछन् । ऋण बिना व्यवसाय हुन नसक्ने भन्दै उनले सरकारले यो निर्णय फीर्ता गर्नुपर्ने बताए । मन्त्रिपरिषद्बाट पास भएको कुरा मौद्रिक नीतिमा आउँछ कि भन्ने भय आफूहरुलाई भएको र त्यसो भएमा व्यवसाय गर्न सकिने अवस्था नरहने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved