पशुपतिनाथ मन्दिरमा बम फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 04:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति क्षेत्रस्थित बज्रघर अघि बम फेला परेको छ । शुक्रबार अपरान्ह बम फेला परेको हो  । 

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए  । बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन आज सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो । 

पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ । बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved