अझै केही दिन पानी पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 12:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । मनसुन निस्क्रिय हुने समय नजिएसँगै मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही दक्षिणतर्फ सरेको कारण मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना छ । मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद्को भनाई छ । 

आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved