बैदेशिक रोजगार व्यवसायीको अध्यक्षमा पोखरेल र गैरे आमनेसामने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 06:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि सरोज कुमार पोखरेल र बिष्णु गैरे भिड्ने भएका छन्। गैरेलाई नेपाली काँग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले अगाडी सारेपछि संघको आगामी नेतृत्वको लागि पोखरेल र गैरेबीच प्रतिस्पर्धा तय भएको हो। पोखरेललाई नेकपा एमाले निकट संयुक्त व्यवसायिक समुहले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको हो।

यहि असोज ७ गते तय भएको निर्वाचनको लागि फोरमले गैरेको नेतृत्त्वमा उम्मेदवार दिएको हो। गैरे समुहबाट प्रथम उपाध्यक्षका लागि कमल तामाङ्ग, द्धितिय उपाध्यक्षमा कमल देव मल्ल, तृतिय उपाध्यक्षमा किशोर कुमार, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दीरा गुरुङ्गले उम्मेदवारी दिएका छन। 

त्यस्तै सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल,हर्कबाहादुर लिम्बु,बिजय लामा,वावुलाल मगर,केशवराज न्यौपाने ,छविलाल भटराई, जंगबाहादुर तथा लक्ष्मण पौडेलले उम्मेदवारी दिएको निर्वाचन परिचालन मुल समारोह समितिका संयोजक तिलक बाहादुर रानाभाटके जानकारी दिए। 

त्यस्तै नेकपा निकट संयुक्त व्यवसायिक समुहले पोखरेलको नेतृत्त्वमा उम्मेदवारी दिएको हो। पोखरेल समुहबाट प्रथम उपाध्यक्षका लागि हरि बहादुर पाण्डे क्षेत्र, दृतिय उपाध्यक्षमा मुक्तिनाथ अधिअकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरि, सचिवमा संजु गुरुङ, कोषाध्यक्षमा तेजमाया लिम्बुले उमेद्वारी दिएका छन। 

त्यस्तै सदस्यमा होम प्रसाद तिमिल्सेना, दलबीर भण्डारी, ओम बहादुर न्यौपाने, सरिता घले, सोम बहादुर तामाङ, नुर मोहम्मद मियाँ, दोर्जे शेर्पा, बाबुराम खड्का, केदार नाथ अधिअकारी, बिरेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन।   

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved