किर्तिमानी आरोहीले नै कानूनविपरीत कुवेतको झण्डा आमादब्लम शिखरमा फहराए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 02:26:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अनुमति बिना नै आमादब्लम हिमालमा कुवेतको राष्ट्रिय झण्डा फहराईएपछि सर्वत्र आलोचना भएको छ । विवाद बढेपछि पर्यटन विभागले गरेको छानबिनमा सरकारको अनुमति बिना नै कुवेती झण्डा फहराइएको भेटिएको हो ।

नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेतको आरोहण दलले गत हप्ता आमादब्लम हिमालमा कुवेतको राष्ट्रिय झण्डा फरफराइएको थियो । उक्त भिडियो पुर्जाले नै सामाजिक सञ्जालमा राखेका छन् । 

उक्त झण्डा शिखरमा लैजान अनुमति नलिईएको कारण आरोहण दल, टोली नेता र सरकारी सम्पर्क अधिकृतसँग स्पष्टीकरण लिने काम भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । उनका अनुसार आरोहण दलले झण्डा लैजान अनुमति चाहिन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्पष्टीकरण दिएको छ । तर जानकारी नभएको कारण उक्त झण्डा लग्यौँ भन्ने पुर्जा किर्तिमानी आरोही हुन् । यो आरोहण टोली लैजाने हिमालयन एडभेन्चर पनि पुर्जाकै हो । 

यसो भन्छन् किर्तिमानी आरोही पुर्जा 

विभागले पुर्जा समेतको आरोहण दलले स्पष्टिकरणमा आफूहरुलाई जानकारी नभएको कारण लगेको बताएपनि पुर्जा र आरोहण दलले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न कुवेतको झण्डा लिएर हिमाल आरोहणमा गएको बताएको छ । सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै उनले झण्डाको आकार ठूलो भएकोमा माफी मागेका छन् । तर आफू सम्मिलित आरोहण दलले कुवेतको झण्डा लैजाँदा भ्रमण वर्षलाई सहयोग पुग्ने तर्क गरेका छन् ।

पुर्जाको स्टाटसः 

हो, मैले कुवेतका हाम्रा साथीहरुलाई उनीहरुको राष्ट्रिय झण्डा आमादब्लम शिखरमा पुर्‍याउन सहयोग गरेको हुँ, उनीहरुको राष्ट्रिय दिवस मनाउन सहयोग पुगोस् भन्नका लागि । हामीले झण्डा शिखरमा फहराएर काठमाडौं फिर्ता ल्याइसकेका छौं । हिमालमा हामीले झण्डाको कुनै चिह्न छोडेका छैनौं । यसले भिजिट नेपाल २०२० लाई पनि सघाउने छ ।

झण्डाको आकार ठूलो थियो, त्यसमा म माफी चाहन्छु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved