बालुवाटारमा ‘डिज्ने ल्याण्ड’ बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 03:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

झापामा दक्षिण एसियाकै अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाउन लागिएको पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले जानकारी दिए । व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ ।

पार्क निर्माण समूहमा व्यवसायी सुमार्गीसँगै गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानुन मन्त्री हिक्मत कार्की, गणेश बस्नेत लगायत छन् । नेताहरुले पार्कमा रकम लगानी नगरेर आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लागेका हुन् । 

‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’ व्यवसायी सुमार्गीले भने, ‘विश्व चर्चित् डिज्ने ल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार उक्त पार्कको सिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved