जनताको लाभांश पारित, ग्लोबलसंगको मर्जर सम्बन्धि सम्पूर्ण एजेन्डा पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 04:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडको दशौँ बार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले ९६ करोड रुपैयाँ बराबरको १२ प्रतिशत लाभांश (६ प्रतिशत नगद र ६ प्रतिशत बोनस) पारित गरेको छ।

त्यस्तै सभाले बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।     

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ। 

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ। करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved