'पूँजीबजारमा ठूलो रोग लाग्यो, निको पार्न ठूलै डाक्टर चाहिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 04:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्टले पुँजीबजारमा ठुलै उपचार आवश्यक पर्ने र त्यसको लागि ठुलै डाक्टर चाहीने बताएका छन् । राजधानीमा आयोजीत बैंकिङ बीमा र पुँजीबजार प्रदर्शनीको क्रममा बह्येको पुँजीबजार विषयक अन्तरक्रियामा बोल्दै उनले उपचारको लागि चाहिने ठुलो डाक्टर भनेको सरकार नै भएको बताए । सरकारको सोच सकारातत्मक नभएसम्मा पुँजीबजार सकारात्मक हुुन नसक्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै पुँजी परिचालनको महत्वपुर्ण क्षेत्र पुँजीबजारलाई जुवाघर भन्ने मान्यताको अन्य गर्नुपर्ने उनको भनाई थियो ।

पुँजीबजारको विकासको बन्ड मार्केट र डेरीभेटीभ मार्केटको विकास गर्नुपर्ने उनले बताए । स्टकको विकल्पमा बन्ड र डेरीभेटीभ मार्केट विकास गर्न सके लगानीकर्ताको लागि पनि लगानीको थप क्षेत्र हुने पनि उनले बताए । नयाँ लगानीकर्ताको लागि पोर्टफोलियो म्यानेजमेन्ट सेवाको विस्तार गर्नुपर्ने उनको तर्क छ । बजार घट्नु नकारात्मक नरहेको भन्दै उनले भने ' यो बेला लगानीकर्ताको लागि बजार प्रवेश गर्ने उपयुक्त समय हो ।’ बजार विकासको लागि सेक्युरीटीजको भ्यालुएसन आवश्यक रहेको भन्दै त्यसको लागि इन्डीपेन्डेन्ट भ्यालुएटर ल्याउन आवश्यक रहेको उनले औंल्याए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्र सिंह साउदले डेरीभेटीभ मार्केटको लागि अध्ययन भइरहेको खुलासा गर्दै अवको ३ महिनामा ऋणपत्रको दोस्रो बजारमा कारोबार गर्ने अवस्थाको विकास गर्ने दाबी समेत गरे ।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले अहिलेको शेयर बजार डाउन ट्रेन्डमा नभई डिप्रेस्ड ट्रेन्डमा चलेको बताए । सूचीकृत कम्पनीहरुले नाफामूलक वित्तीय विवरण प्रकाशित गरिरहेको अवस्थामा र अघिल्लो बर्षहरुको तुलनामा बढी लाभांश घोषणा गर्दा पनि बजार सकारात्मक नभएको कारण लगानीकर्ता डिप्रेस भएको उनको भनाई छ । डिप्रेसन भएका बिरामीलाई औषधी दिएर निको पारे जस्तै डिप्रेस ट्रेन्डमा चलेको बजारलाई पनि सामान्य औषधी नभई ठूलै एन्टिवायटिक औषधी दिएर निको पार्नुपर्ने हुन्छ।’

यस्तै उनले ब्रोकहरुलाई भित्रि कारोबारमा सघाएको आरोप लागेको भन्ने प्रश्नमा उनले ब्रोकरले नभएर कम्पनीको संचालकले यसलाई प्रसय दिने गरेको दाबी गरे । मार्जिन लोनको लागि २१ वटा कम्पनीले स्वीकृति पाएको र एउटा मार्जिन लोन पनि स्वीकृत भईसकेको उनले जानकारी दिए ।

उनले भने ' नविल, स्टान्डर्ड चाटर्ड, एनएमबी जस्ता बैंक मार्जिन कारोबारको लागि अयोग्य कम्पनीको सुचीमा रहेको तर न्यादी हाइड्रो जस्तो कम्पनी भने योग्य रहेकोले कार्यविधि नै संसोधन गर्नु पर्ने उनले बताए । कार्यविधि संशोधन भएमा यो प्रभावकारी हुने उनको भनाई छ।

मर्चेन्ट बैंकर्स संघको कोषध्यक्ष पारसमणी ढकालले पनि लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै लगानीकर्ताको मनोबल बढाउन नियामकले आवाश्यक कदम चाल्नुपर्ने सुझाव दिए । कार्यक्रममा विभिन्न लगानीकर्ता संघका नेताले सरोकारवाला निकाय एक अर्कालाई दोष लगाएर समाधानको बाटोबाट भाग्न खोजेको आरोप लगाउँदै ५८ बुँदे सुझाव पुर्ण कार्यन्वयन भएमात्र बजार सुधार हुने बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved