प्रदेश मन्त्रिपरिषद बैठकका ८ निर्णय, नियुक्तिदेखि केन्द्र सार्नेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 08:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले बिभिन्न आठ निर्णय गरेको छ । मन्त्रिपरिषद्ले केहि नियुक्ती, पारिश्रमिक निर्धारणदेखि  गाउपालिकाको केन्द्र परिवर्तन गर्नेसम्मका निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अनिवार्य अवकास पाएपछि डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरिएको हो ।

त्यसैगरी बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशकको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्षले ५० हजार ६ सय मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ । यसैगरी प्रदेश लोकसेवा आयोगका सदस्यको पारिश्रमिक, सेवाको सर्त र सुविधा पनि बैठकले स्वीकृत गरेको छ । 

आयोगका सदस्यहरुले पनि ५० हजार ६ सय पारिश्रमिक पाउनेछन् । त्यसैगरी कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ । पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् ।

त्यसैगरी बैठकले विपत व्यवस्थापन कार्य सञ्चालन निर्देशीक स्वीकृत, कृषि पशुपंक्षी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम स्वीकृत र स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यबिधि स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले जानकी गाउपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ ।जानकी गाउपालिका–४ खजुरा बाट वडा नंं ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved