बीमा कम्पनीहरुले ७ दिन भित्रै दाबी भुक्तानी गर्नुपर्ने

५० हजार माथिलाई चेक अनिवार्य
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 02:19:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले दावी भुक्तानी प्रक्रियालाई ब्यबस्थित बनाउने भएको छ । यसका लागि समितिले 'दावी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारि गर्ने तयारी गरेको छ  । बीमा दावी भुक्तानीका क्रममा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउनका लागि समितिले उक्त निर्देशिका जारी गर्न लागेको हो  । 

मार्गदर्शन जारी भए पछि बीमा दावी भुक्तानीमा देखा परेका समस्या तथा आई पर्न सक्ने समस्यालाई सजिलै सामना गर्न सकिने समितिको विश्वास छ । समितिले जारी गर्न लागेको मार्गदर्शनमा हरेक बीमा कम्पनीले भुक्तानीका लागि दावी विभाग गठन गर्नु पर्ने व्यवस्था रहेको छ । जस अनुसार विभागीय प्रमुखले बीमकमा पर्न आएका दाबीको प्रकृति हेरी आवश्यक पर्ने कागजातहरु संकलन गर्ने तथा दाबी भुक्तानीका लागि आवश्यक प्रक्रिया चाल्नु पर्ने हुन्छ ।  

त्यस्तै मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले सात दिन भित्रमा दाबी भुक्तानी गर्नुपर्ने ब्यबस्था छ । बीमितले आवश्यक कागजपत्र बुझाई दाबी गरेको अवस्थामा आवश्यक जाँचबुझ गरी जीवन बीमा कम्पनीले एक साता भित्रमा भुक्तानी गर्नुपर्ने मार्गदशर्नमा व्यवस्था गरिएको छ । बीमा अवधी समाप्त हुनु अगावै बीमितको मृत्यू भएमा हकवालालाई १५ दिन भित्रमा दाबी भुक्तानी दिनुपर्नेछ । बीमालेखको अवधि समाप्त हुनु अघि नै सो बीमालेख लिने व्यक्ति (बीमित)को मृत्यु भएमा बीमालेख अनुसारको रकम निजले बीमलेखमा ईच्छाईको व्यक्तिले पाउने छन् । 

त्यस्तै निर्जीवन बीमा कम्पनीको हकमा भने दावी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने मार्गदर्शनमा उल्लेख छ । मार्गदर्शन लागु भएपछि  सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमकसमक्ष पेश गर्नुपर्ने छ । साथै सर्भेयरले बीमालेखको शर्त तथा सुविधाको अधीनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्नेछ । सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने पनि मार्ग दर्शनमा उल्लेख छ  ।

समितिले स्वकृति गरेको मितिबाट लागु हुने मार्गदर्शनमा बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा ५० हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामार्फत भुक्तानी गर्नुु पर्ने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved