साताको नेप्से: ९७ अंकले बढ्यो सुचक, शिर्ष स्थानमा एनआईसी र प्रभु बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 03:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस साता एनआईसी एसिया बैंकको शेयर सबैभन्दा बढी पटक कारोबार भएको छ । बैंकको शेयर १९ सय ४१ पटक कारोबार भएको हो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १६ सय ९५ पटक, ग्रामिण विकास लघुवित्तको १६ सय ६१ पटक र शिवम सिमेन्टको शेयर १६ सय ४५ पटक कारोबार भएको छ । 

 सबै भन्दा धेरै शेयर भने प्रभु बैंकको कारोबार भएको छ । प्रभु  बैंकको ६ लाख ७३ हजार कित्ता शेयर कारोबार भएको हो । त्यस्तै कुमारी बैंकको ६ लाख २२ हजार कित्ता र एनसीसी बैंकको ६ लाख ५  हजार कित्ता शेयर कारोबार भएको छ । यस सातापनि बजार पुँजीकरणको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडी छ । टेलिकमको पुँजीकरण ९५ अर्ब ८५ करोड  रहेको छ। पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक र तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ ।

कारोबार रकमको हिसाबले यस साता एनआईसी एसिया बैंक अगाडी रहेको छ । एनआईसी एसिया बैंकको २६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ  । रकमको आधारमा बढी कारोबार हुनेको दोस्रो र तेस्रो स्थानमा क्रमश शिवम सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्  । 

यस साता नेप्से सूचक ९७.१२ अंकले बढेको छ । आइतबार बजार सुरु हुनु भन्दा अगाडी १२१३.११ रहेको नेप्से सूचक बिहिबार बजार बन्द हुँदा १३१०.२३ को बिन्दुमा पुगेको छ ।  

त्यस्तै यस साता नेप्सेमा ग्लोबल आईएमई बैंक (जनतासँगको मर्जरपछिको शेयर)  र सिर्जना फाइनान्सको शेयर सुचिकृत भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved