'भारतीय अर्थतन्त्र सुस्ताउँदा नेपालको आर्थिक वृद्धिमा धक्का लाग्ने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 05:33:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरेको छ ।  नेपालले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकोमा आइएमएफले ६ प्रतिशत मात्रै वृद्धि हुने प्रक्षेपण गरेको हो ।


भारतीय अर्थतन्त्रमा सुस्ताता आएको काराण त्यसको प्रभाव नेपाललाई पनि पर्ने आइएमएफले जनाएको छ । विगतको औसत आर्थिक वृद्धिको तुलनामा  पछिल्लो केही वर्ष यताको आर्थिक वृद्धिदर सुधारोन्मुख रहेको आइएमएफको विश्लेषण रहेको छ । आइएमफका अनुसार राजनैतिक स्थायित्व, विद्युतको सहज आपुर्ति र भुकम्प पछिको पुनर्निमाण लगायतका कारण पुँजीगत खर्च गर्न नसके पनि विगतमा राम्रो आर्थिक वृद्धि हाँसिल भएको हो । 


यस बर्ष भने भारतको अर्थतन्त्रमा आएको सुस्तता, कृषि उत्पादनमा कमी, र घट्दो रेमिट्यान्सको कारण चालु आर्थिक वर्षमा ६ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने आइएमएफले जनाएको छ । यता नेपालले भने चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । आइएफको टोलीसँगको छलफमा अर्थमन्त्री डा. युवराज खतिवडाले गत वर्ष पनि आइएफले भनेको भन्दा बढी आर्थिक वृछि हाँसिल भएकोले यो वर्ष पनि आइएमएफले भनेको भन्दा बढी आर्थिक वृद्धि हुने बताएका थिए । 


संघियतामा गएको अवस्थामा वित्तीय नीति बनाउँदा विवेकपुर्ण तरीकाले बनाउन आइएमएफले सुझाव दिएको छ । राष्ट्र बैंकले लिएको मौद्रिक नीतिलाई सकारात्मक भनेको आइएमएफले त्यसको कार्यन्वयनको लागि बन्ने नियम र सुपरिवेक्षणमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।  यस्तै बैदेशिक लगानी भित्राउन कानुन बनेको तर लगानीको वातावरण भने बन्न नसकेको आइएमएफले जनाएको छ । नेपालमा वैदेशिक लगानी ल्याउन दक्ष कर्मचारीको अभाव, ठुला परियोजनामा मन्त्रालयहरुबीच समन्वय नहुनु लगायतका कारणले लगानीको वातावरण बन्न नसकेको आइएमएफले जनाएको छ । 


आईएमएफकी डेपुटी डिभिजन चिफ लाहुरा आइ हारमीलोको नेतृत्वमा आएको टोलीले नेपालको अर्थतन्त्रवारे अध्ययन गरेको थियो  । टोलीले यसअधि नै अर्थमन्त्री डा. युवराज खतिवडा र गर्भनर डा. चिरंजीवी नेपालाई भेटर प्रतिवेदन बुझाईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved