राजश्व बोर्ड गठन गर्ने तयारीमा अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2020 | 08:54:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आयोजित अन्तक्रियामा उनले उद्योगी र व्यापारीको धेरै समस्या राजश्व बोर्ड गठनपछि समाधान हुने दाबी गरेका हुन् ।

उनले निर्यात बढाउने उद्योगका लागि विद्युत्मा छुट दिने सरकारको तयारी रहेको बताए। आन्तरिक सुरक्षा प्रदान गर्ने वस्तुमा भन्सारमा छुट दिने भन्दै ठूलो लगानीका उद्योगमा पनि सरकारले सहुलियत दिने मन्त्री खतिवडाको भनाई छ । उनले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव नभएको बताए ।

मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका विषयमा कसैले पनि चिन्ता लिनुपर्ने आवश्यकता नरहेको प्रष्ट पारे। शङ्कास्पद कारोवार गर्नेले मात्र सम्पति शुद्धीकरणबाट तर्सिनु पर्ने भन्दै उनले राजश्व छल्ने र विदेशी मुद्रा अपचलन गर्ने काम नगर्न आग्रह गरे । सो अवसरमा उद्योग सङ्गठन मोरङका पदाधिकारीहरुले उद्योग र व्यापार क्षेत्रका समस्याबारे अवगत गराएका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved