बैंक ब्यालेन्स् देखाउन भनि ६० लाख ठगी गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 04:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक ब्यालेन्स देखाउने प्रलोभनमा पारेर ठगि गर्ने पक्राउ परेका छन। अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै ६० लाख ठग्ने दुई जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ। 

प्रहरी उपरीक्षक तथा महाशाखाका सूचना अधिकृत मुकेश कुमार सिंहकाअनुसार ब्यालेन्स देखाउनुपर्ने भन्दै सानुमाया लामाबाट ६० लाख लिएको र पछि उक्त रकम नक्कली परिचयपत्र देखाएर अनाधिकृत रुपमा बैंकबाट झिकेर फरार भएको उजुरीका आधारमा रामचन्द्र कुँवर नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको हो। कुवर सहित गणेश लामा नाम गरेका अर्का व्यक्तिलाई ठिमी  एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फागुन ४ गते पक्राउ गरिएको हो। 

कुँवरले प्राईम बैकको शाखा चावहिल ,नयाँबानेश्‍वर ,कोटेश्‍वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकालेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। अनुसन्धानका क्रममा निजहरुले अन्य ३  जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved