हिन्दू मुस्लिममा एकताको कामना सहित सम्पन्न भयो सप्तरीको इस्लामिक सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 06:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रतिबन्ध खुलेपछि सप्तरीको जाँजरमा तीनअघिदेखि जारी तब्लीग जमातको इज्तेमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। 

दिल्लीको मर्कज निजामुद्दीनबाट आएका प्रमुख वक्ता मौलाना हजरत सादले हजारौं सहभागीहरूलाई सामूहिक दआ ९प्रथना० गराउदै उक्त सम्मेलन समापन भएको नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिएका छन। मौलाना सादबाट समापन समारोहमा हिन्दु मुस्लिमबीचको भाईचार र एकता कायम रहोस भन्ने  दुआ भएको अध्यक्ष अन्सारीले बताए। इज्तेमा मा नेपालको इतिहासमा पहिलो पटक धेरै संख्यामा मुस्लिमहरुको उत्साहजनक सहभागिता देखिएको छ। 

समापन कार्यक्रम पछि मो। गफुरको अध्यक्षतामा रहेको इज्तेमा कमिटी र मुस्लिम आयोगको निगरानी समितिको संयुक्त बैठकले कार्यक्रमको समीक्षा गर्दै नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ। बैठकले प्रधानमन्त्री ओली तथा नेपाल प्रहरी प्रशासनलाई विशेष धन्यवाद दिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved