चीनबाट नेपाली बोकेर आएको जहाज आजबाट उड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 09:26:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज मंगलबारबाट उड्ने भएको छ । निगमको वाइडबडी जहाजले मंगलबार राति ९ः५० बजे कतारको दोहा उडान गर्ने भएको हो । 

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार कोराना भाइरसको उद्गमथालो चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएपछि सो जहाजलाई ४८ घन्टा क्वारेन्टाइनमा राखिएको छ । जहाजको क्वारेन्टाइन अवधि मंगलबार बिहान सकिने र रातिबाट उडाईने भएको हो ।

उक्त जहाज चीनबाट नेपाली बोकेर आइतबार बिहान ३ः२२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जहाजका पाइलटसहित सबै सदस्यलाई चाँगुनारायण नगरपालिकास्थित नगरकोटको खानेपानी तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved