लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले सर्वसाधारण तर्फको हकप्रद सेयर लिलामीमा विक्री गर्न लागेको छ । कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । सो अवधीमा सर्वसाधारण तर्फबाट ९९ हजार ७ सय २६ कित्ता सेयरमा आवेदन नपरेपछि लिलामीमा विक्री गर्न लगेको हो ।
आवेदकहरुले लिलामी सेयर खरिदको लागि फागुन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीले हकप्रको मुल्य प्रतिसेयर १ सय रुपैँया तोकेपनि आवेदकहरुले सोभन्दा बढीको मुल्यमा बोलकबोल गर्नुपर्नेछ ।
आवेदकहरुले बोलकबोल गर्दा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयर खरिद गर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड रहेको छ ।