शेयरबजारमा लागेको छैन सर्किट ब्रेक, यस्तो छ नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 02:04:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयरबजार परिसूचक नेप्से ५ प्रतिशतभन्दा बढीले बढ्यो   कारोबार समयको अवधि मै १ बजेपछि नेप्से सूचक ५ प्रतिशत भन्दा बढीले बढेको हो  त्यसपछि भने सूचक केहि ओरालो लागेको छ  

सूचक ५ प्रतिशतले बढेपछि धेरैले नेप्सेमा सर्किट ब्रेक लाग्ने अनुमान गरेका थिए   तर सर्किट ब्रेक सम्बन्धि नयाँ नियम अनुसार ५ प्रतिशत बजार घटबढ हुँदा सर्किट ब्रेक लाग्दैन  

गत चैत्र १९ गते मंगलबारदेखि लागु भएको नयाँ प्रणाली अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ  आज पनि १ बजे अगाडी नै ५ प्रतिशत बजार बढेको भए सर्किट ब्रेक लाग्ने थियो  तर १ बजेपछि ५ प्रतिशत बढेकोले बजारमा सर्किट ब्रेक नलागेको हो।   

पुरानो नियममा भने पहिलो घण्टामा सूचक ३ प्रतिशतले घटबढ भए १५ मिनेट, त्यसपछि दोस्रो घण्टामा ४ प्रतिशतले घटबढ भए आधा घण्टा र ५ प्रतिशतले घटबढ भए त्यस दिनको कारोबार नै स्थगित हुने ब्यबस्था थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved