युनाईटेड फाईनान्स United Finance Limited ले विविध कार्यक्रम गरी २५ औं बार्षिकोत्सव मनाएको छ । संस्थाले २३ वटै शाखा कार्यालयहरुबाट रक्त दान, खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजीक कार्यहरु संचालन गर्दै बार्षिकोत्सव मनाएको जनाएको हो ।
यस्तै संस्थाले सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम संचालनमा ल्याएको छ । संस्थाले घरदैलो कायक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा आएको छ ।
कम्पनीले २३ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ ।