बिदेश पठाईदिन्छु भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 05:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्की र ग्रीक पठाईदिने भन्दे ठगी गर्ने पक्राउ परेका छन् । स्थायी घर मोरङको रतुवामाई नगरपालीका भई हाल काठमाण्डौको चुच्चेपाटीमा बस्दै आएका ५२ बर्षीय कमल प्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । 

पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई ३२ जनालाई ठगेको आरोप छ । उनले ३२ जनाबाट ३९ लाख ५६ हजार रुपयाँ लिएर सम्पर्क विहीन भएको भन्दै गोपिराम पराजुलीले जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा पोख्रेललाई महाशाखाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा विहीबार काठमाण्डौको टेकुबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आईतबार आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved