चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ अर्ब ७५ करोड बराबरको रकम पुर्नकर्जामा गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साधारण पुनःकर्जा १६ अर्ब ३५ करोड र निर्यात पुनःकर्जा एक अर्ब ४० करोड उपयोग गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको भूकम्पपीडित अन्तर्गतको पुनःकर्जाको बक्यौता गत पुस मसान्तमा एक अर्ब ७४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जा एक हजार ५९२ ऋणीले उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै गत पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीको ४५ अर्ब आठ करोड कर्जा बक्यौता रहेको छ । सो कर्जाको अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ । त्यस्तै अन्तर–बैंक कारोवार चालू आवको छ महिनामा वाणिज्य बैंकबीच नौ खर्ब २६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाबीच ९१ अर्ब ४२ करोड बराबर भएको छ ।